Logo

२०८३, श्रावण ३०गते


images
images

एलन मस्कले ट्विटर किनेको एक बर्ष पुरा, ट्विटरदेखि एक्ससम्मको यस्तो छ नालिबेली

एलन मस्कले ट्विटर किनेको एक बर्ष पुरा, ट्विटरदेखि एक्ससम्मको यस्तो छ नालिबेली

images
  • एलन मस्कले ट्विटर किनेको एक बर्ष पुरा,  ट्विटरदेखि एक्ससम्मको यस्तो छ नालिबेली
    images
    images

    काठमाडौं । एलन मस्कले ट्वीटर आफ्नो स्वामित्वमा लिएको एक वर्ष पुगेको छ । मस्कले ४४ अर्ब डलरमा २०२२ अक्टोबर २७ मा डिल क्लोज गरी सार्वजनिक कम्पनी ट्वीटरलाई निजी बनाएका थिए ।

    images
    images
    images

    ट्वीटरलाई निजी कम्पनी बनाएपछि मस्कले उक्त प्लेटफर्मलाई थुप्रै तवरबाट परिमार्जन गरेका छन् । सामाजिक सञ्जालभन्दा पनि माइक्रोब्लगिङ साइटका रूपमा परिचित ट्वीटरलाई रिब्रान्ड गरेर 'एक्स' (X) नाम राख्नेदेखि लिगेसी भेरिफाइड मार्क ब्लु चेकलाई शुल्क तिरेर खरिद गर्न मिल्ने बनाए ।

    images
    images
    images

    उनले एक  वर्षमा उक्त प्लेटफर्ममा के-कस्ता परिवर्तन ल्याए भन्नेबारे एक्सडेली न्युजले लेख सार्वजनिक गरेको छ । त्यसैको आधारमा एक्समा आएका परिवर्तनबारे तल चर्चा गरिएको छ:

    images
    images
    images

    -एक्समा रिब्रान्ड

    -अडिओ तथा भिडिओ कलको बेटा भर्सन सार्वजनिक 

    -लाइभस्ट्रिमिङको गुणस्तरमा सुधार 

    -क्रियटरलाई आम्दानी बाँड्ने कार्यक्रमको सुरुवात 

    -क्रियटरलाई मासिक दुई पटक आम्दानी उपलब्ध गराउने सुविधा 

    - हालसम्मा दुई करोड डलर क्रियटरलाई भुक्तानी गरिसकेको दाबी 

    -कम्युनिटिजमा प्रयोगकर्ताले बिताउने समय तीन सय गुणाले वृद्धि 

    - लगभग ५५ करोड मासिक सक्रिय प्रयोगकर्ता

    - हरेक दिन करिब ५० करोड पोस्ट शेयर हुने 

    - हरेक दिन १०० बिलियन बढी इम्प्रेसन

    - दैनिक १५ लाख बढीले प्लेटफर्ममा साइनअप गर्छन् (गत वर्षको तुलनामा चार प्रतिशत बढी)

    - एक्समा प्रयोगकर्ताले १४ प्रतिशत बढी समय बिताउने गरेको दाबी 

    - उत्कृष्ट १०० विज्ञापनदातामध्ये ९० प्रतिशत उक्त प्लेटफर्ममा फिर्ता 

    - गत वर्षको तुलनामा भिडिओमा ९० प्रतिशतले भ्युजमा वृद्धि 

    - भेरिफाइड अर्गनाइजेसनले रोजगारको आवेदन खुलाउने सुविधाको सुरुवात

    - एक्सको एल्गोरिदम पूर्ण रूपमा ओपन सोर्स बनाउने घोषणा (छिट्टै लाइभ हुने भनाइ) 

    - ग्रुप च्याटमा दुई सय जनासम्म जोड्न सक्ने सुविधा 

    - एक्स प्रो सार्वजनिक 

    - सर्कल फिचर हटाउने घोषणा 

    - विज्ञापनबाट हुने आम्दानी पाउने योग्य हुने मापदण्ड १ करोड ५० इम्प्रेसनबाट घटाएर ५० लाखमा बनाइएको 

    - ब्रान्डले भर्टिकल भिडिओ पनि विज्ञापनका रूपमा राख्न सकिने फिचर सार्वजनिक हुँदै 

    - वेबमा भिडिओका लागि पिक्चर इन पिक्चर मोड सार्वजनिक 

    - कम्युनिटी एक्सपिरियन्समा सुधार

    - ट्वीपक्रेड सिस्टम हटाउने घोषणा 

    - फिडको टप बारमा लाइभ स्ट्रिमिङको अप्सन समावेश

    - गेम स्ट्रिमिङ परीक्षण

    - शेयर भएका समाचारको हेडलाइन र डिस्क्रिप्सन हटाएर यूआईमा सुधार 

    - एक्समा ग्रुप कल गर्ने सुविधा थप्ने घोषणा 

    - एक्स ब्लुलाई परिवर्तन गरेर नाम एक्स प्रिमियम 

    - शुल्क तिरेर प्रयोगकर्ताले भिडिओ डाउनलोड गर्न सक्ने सुविधा

    - बट कम गर्ने उद्देश्यले न्युजिल्यान्ड र फिलिपिन्समा नयाँ अकाउन्ट बनाउनका लागि एक डलर तिर्नुपर्ने नीतिको परीक्षण 

    - रिप्लाई भेरिफाइड प्रयोगकर्तालाई मात्र गर्न दिने फिचर सार्वजनिक

    - बायो बढाउन सकिने फिचर वेबमा सार्वजनिक

    - वेबबाट आइडी भेरिफिकेसन गर्न सकिने फिचर सार्वजनिक

    - आफूले पोस्टमा गरेका लाइक लुकाउन सकिने फिचरको सुरुवात

    - भेरिफाइड फलोअर्स नामको ट्याब समावेश 

    - भरिफाइड अकाउन्टबाट मात्र डीएम पाउन सकिने फिचरको सुरुवात

    - विज्ञापनमार्फत आउने ग्राहकलाई डीएम सपोर्ट दिन सकिने फिचर समावेश 

    - एक्समा पोस्ट राखेर वा अन्य गतिविधिले गर्दा कम्पनीले जागिरबाट निकाले एक्सले नै कानूनी लडाईं लड्नका लागि आर्थिक सहायता दिने 

    - कम्युनिटिजबाट आएका पोस्ट फिडमा देखिने सुविधा समावेश

    - नोट्स फिचरलाई आर्टिकल फिचरका रूपमा विस्तार (क्यारेक्टर लिमिट समेत हटाइएको) 

    - भेरिफाइड प्रयोगकर्ताको प्रोफाइलमा हाइलाइट्सको ट्याब समावेश 

    - अकाउन्ट एनालिटिक्समा सुधार गरेको दाबी 

    - लिन्डा याकारिनोलाई नयाँ सीईओका रूपमा नियुक्ति

    - इन्क्रिप्टेड डीएमको पहिलो संस्करण सार्वजनिक

    - मस्कले स्वामित्वमा लिएपछि वाल योन दुर्व्यवहारका सामग्री ९५ प्रतिशतले घटेको दाबी 

    - भ्वाइस डीएम र पोस्ट गर्न सकिने सुविधा

    - ९० प्रतिशत बट अकाउन्ट डिलिट गरेको दाबी 

    - प्रिमियम प्रयोगकर्तालाई लामो भिडिओ पोस्ट गर्न सकिने सुविधा 

    - विज्ञापन तथा ब्रान्ड सुरक्षामा सुधार 

    - लामो पोस्टलाई फर्म्याट अनुसार मिलाएर राख्न सकिने सुविधाको सुरुवात

    - कम्युनिटी नोस्ट विश्वयापी रूपमा विस्तार हुँदै 

    - भिडिओका लागि मिनिप्लयेर सार्वजनिक 

    - वेबमा लिस्ट सर्च फिचर समावेश

    - क्रियटरका लागि सब्स्क्रिप्सन सार्वजनिक 

    - लिगेसी चेकमार्क सधैंका लागि बन्द 

    - भेरिफाइड अकाउन्टलाई स्पाम र बट्स अकाउन्टबाट सुरक्षित राख्ने प्रतिवद्धता 

    - आईओएसमा भिडिओका लागि एयर प्ले बटन समावेश 

    - कम्पनीको नाम परिवर्तन गरेर एक्स कर्प 

    - एक्समा भिडिओ फास्ट फर्वार्ड र रिविन्ड गर्न सकिने सुविधाको सुरुवात

    - थुप्रै देशहरूमा सबैभन्दा बढी डाउनलोड हुने पहिलो (#१) न्युज एप बनेको दाबी

    - प्लेटफर्ममा हेट स्पिच कम भएको दाबी 

    - वाल यौन भिडिओ हेटाएको दाबी 

    - पैसा तिरेर पनि ब्लु चेकमार्क हटाउने सुविधा समावेश

    - सेन्सरशिप हटाइएको 

    - अभिव्यक्ति स्वतन्त्रताका लागि प्लेफर्म पहिलेभन्दा खुला भएको दाबी 

    - लामो ट्वीट गर्न सकिने सुविधाको सुरुवात

    - भेरिफाइड अर्गनाइजेसनले एफिलेट ब्याज पाउने सुविधाको सुरुवात

    यी बाहेक पनि एपमै भिडिओ एडिट गर्ने सुविधा, एक्स प्रिमियम गिफ्ट दिन सकिने सुविधा, स्मार्ट टीभीमा पनि एक्स प्लेफर्मका भिडिओ चलाउन सकिने सुविधाको सुरुवात, अकाउन्ट स्टाटस आदि समावेश गरेको छ । 

    कम्पनीले ट्वीटरसँग जोडिएका जतिपनि शब्द थिए जस्तै ट्वीट, रिट्वीट सबै परिमार्जन गरेको छ । त्यसबाहेक पनि ट्वीटरको झल्को दिने सबै सामग्री लिलामीका लागि राखेको थियो ।

    कम्पनीले एक वर्षमा कर्मचारीको सङ्ख्या साढे सात हजार घटाएर १५ सयमा सीमित राखेको बताएको छ । मस्क अहिले उक्त प्लेटफर्मलाई ‘एभ्रिथिङ एप’ बनाउने जोडमा छन् ।

    यो समाचार टेक पाना मा प्रकाशित छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एलन मस्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।