Logo

२०८३, आश्विन ९गते


images
images

सार्कका नवनियुक्त महासचिव सरवरले गरे पदभार ग्रहण

सार्कका नवनियुक्त महासचिव सरवरले गरे पदभार ग्रहण

images
  • सार्कका नवनियुक्त महासचिव सरवरले गरे पदभार ग्रहण
    images
    images

    काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव गोलम सरवरले कार्यभार सम्हालेका छन् ।

    images
    images
    images

    काठमाडौँस्थित सार्क सचिवालयका अनुसार बंगलादेशी कूटनीतिज्ञ सरवरले सार्कको १५ औँ महासचिवका रूपमा मंगलबार कार्यभार सम्हालेका हुन् ।

    images
    images
    images

    पदभार ग्रहण समारोहमा नवनियुक्त महासचिव सरवरले सचिवालयका कर्मचारीहरुलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले सार्कको सेवा गर्ने अवसर दिएकोमा सदस्य राष्ट्रहरुप्रति आभार व्यक्त गरे ।

    images
    images
    images

    उनले क्षेत्रीय संगठनको स्तरोन्नतिमा जोड दिँदै सचिवालयलाई सुम्पिएका महत्वपूर्ण कार्याभारहरू पूरा गर्न सदस्य राष्ट्रहरूलाई सक्रिय र प्रभावकारी रूपमा सेवा दिनुपर्ने बताए ।

    नवनियुक्त महासचिव सरवर सार्कमा बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिज्ञ हुन् ।

    महासचिव सरवरले सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका हुन् । उनले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा र क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वासिङ्टन डिसीमा पनि बङ्गलादेशी कूटनीतिज्ञका रूपमा काम गरिसकेका छन् ।

    सार्क सचिवलायमा वर्णानुक्रमका आधारमा नेतृत्व गर्ने परम्पराअनुसार नयाँ महासचिव सिफारिस गर्ने पालो अफगानिस्तानको थियो । तर अफगानिस्तानमा आएको तालिबानी सरकारलाई सार्क सदस्य राष्ट्रहरूले अझै मान्यता दिइनसकेकाले अङ्ग्रेजी वर्णमालाअनुसार अफगानिस्तानपछि रहेको बंगलादेशले अवसर पाएको हो ।

    यसअघि श्रीलंकाका कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यकाल पूरा गरेर गत मार्चमा फर्किएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महासचिव सरवर
  • # सार्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।