Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप एसिया छनोट : नेपाल र मलेसियाबिचको प्रतिस्पर्धा आज

विश्वकप एसिया छनोट : नेपाल र मलेसियाबिचको प्रतिस्पर्धा आज

images
  • विश्वकप एसिया छनोट : नेपाल र मलेसियाबिचको प्रतिस्पर्धा आज
    images
    images

    काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया आपसमा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । 

    images
    images
    images

    नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

    images
    images
    images

    सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । 

    images
    images
    images

    प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्षको विश्वकपमा छनोट हुनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप एसिया छनोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।