काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो (आइतबार) संसद्मा विश्वासको मत पाएका छन् । संसद्मा विश्वासको मत पाएपछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने बताउँदै आएका प्रधानमन्त्री देउवाले यसबारेमा गृहकार्यसमेत थालिसकेका छन् ।
सरकारमा क–कसलाई पठाउने भन्नेबारे पौडेल पक्षमा छलफल चलिरहेको छ । उता, यसपटक बिनोद चौधरी पनि कांग्रेसबाट मन्त्री बन्ने चर्चा चलेको छ । प्रधानमन्त्रीमा देउवा नियुक्त हुनेबित्तिकै उनी अर्थमन्त्री बन्ने चर्चा थियो ।
तर, अर्थमन्त्री भने माओवादी केन्द्रबाट जनार्दन शर्मा बनिसकेका छन् ।चौधरीले सरकारमा सहभागी भएर काम गर्ने भनेर ईच्छा त व्यक्त गरेका छैनन् । तर, उनलाई पार्टीभित्रैबाट सरकारमा जानको लागि दबाब आएको छ । चौधरी सरकारमा सहभागी भए भने परराष्ट्र वा स्वास्थ्य मन्त्री बन्ने आँकलन गरिएको छ ।
सत्ता समिकरण मिलाउँदा कांग्रेसले पाउने मन्त्रालयमध्ये राम्रो मन्त्रालयमा चौधरी जानसक्ने चर्चा छ । तर, चौधरी आँफैले भने अहिलेसम्म मन्त्री बन्नको लागि कुनै दौडधुप भने गरेका छैनन् ।
चौधरीलाई मन्त्री बनाउनको लागि स्वयम प्रधानमन्त्री तथा पार्टी सभापति देउवा पनि खुशी हुने बुझिएको छ । उता, महामन्त्री डा. शशांक कोइराल पनि चौधरीलाई मन्त्री बनाउन चाहन्छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology