Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरामा प्लाष्टिकजन्य माला र फूलको  गुच्छा उत्पादन, आयात र बिक्री निषेध

पोखरामा प्लाष्टिकजन्य माला र फूलको  गुच्छा उत्पादन, आयात र बिक्री निषेध

images
  • पोखरामा प्लाष्टिकजन्य माला र फूलको  गुच्छा उत्पादन, आयात र बिक्री निषेध
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । 

    images
    images
    images

    महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलहरुमा अनुगमन गर्दै रोक लगाएको हो ।महानगरले गत वर्ष पनि अनुगमन गरेर बिक्रीवितरण नगर्न अनुरोध गरेको थियो ।

    images
    images
    images

    गत गर्ष बिक्री वितरण नगर्न अनुरोध गरिएका ७ पसललाई कारबाही र ४० हजार जरिवाना गरिएको छ भने १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फुलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।
     
    अनुगमनका क्रममा पोखरा वडा ९ मा रहेको जयमा पुजा सामाग्री भण्डारलाई १० हजार जरिवाना र ९० हजार ४ सय ६० रुपैयाँ बराबरको फुलका माला जफत गरिएको छ । त्यस्तै पोखरा–३ को माता मनकामना पुजा सामाग्री भण्डारलाई ५ हजार जरिवाना र ७ हजार बराबरको फुलका माला जफत गरिएको छ ।

    images
    images
    images

    यता पोखरा ३ कै किरण टेडलिंकलाई ५ हजार जरिवाना र ८ हजार ५ सय बराबरको फुलको माला जफत गरिएको छ भने पोखराको महेन्द्रपुलमा रहेको सुधा साहुको पुजा सामाग्री भण्डारलाई ५ हजार जरिवाना र ३ हजार मुल्य बराबरको फुलको माला जफत गरिएको छ । यस्तै पोखरा–३ को खाल्सा गिफ्ट हाउसलाई ५ हजार जरिवाना र ६सय ५० रुपैयाँ मुल्य बराबरको फुलको माला जफत गरिएको अधिकृत ऋषि सापकोटाले जानकारी दिए । 

    नमो शिवाय पुजा सामाग्री भण्डार पोखरा–९ लाई ५ हजार जरिवाना गरिएको छ  भने पोखरा १ बगरमा रहेको स्वीट एण्ड चार्ट रेष्टुरेन्टलाई ५ हजार जरिवाना र ३ सय बराबरको रसबरी नष्ट गरिएको छ । स्वीट हाउसमा रसबरीमा झिंगा, पुरानो चास्नी र फोहोर रहेकाले नष्ट गरि जरिवाना गरिएको हो । 

    अन्य पाँच पसलहरुलाई सचेत गराउनुको साथै आगामी दिनमा प्लाष्टिक जन्य फुलगुच्छा, माला बिक्रीवितरण र भण्डार नगर्न निर्देशन दिइएको छ ।

    अनुगमनमा महानगरपालिका उपप्रमुख मञ्जु देवी गुरुङ, महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल, सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेल, गुणस्तर तथा नापतौल कार्यालय प्रतिनिधि विपिन पुरी, महानगर वन तथा वातावरण विज्ञ सन्तोष भटराई, महानगर खाद्य निरिक्षक स्मिता पौडेल, महानगर सहकारी उद्योग शाखा अधिकृत ऋषिराम सापकोटा, पत्रकारद्धय गौरव त्रिपाठी र बिनोद ढगानाको सहभागी थिए ।

     नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण सरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरि २०७९ साउन १२ गते राजपत्रमा सुुचना प्रकाशित गरि सोही मितिदेखि प्लाष्टिक जन्य फुलका गुुच्छा उत्पादन आयात, बिक्रीवितरण वा भण्डार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरिक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

    पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा असर परेको पर्ने भएकाले अनुुगमन गरिएको बताइन् । उनले अघिल्लो वर्ष  व्यसायीले गुनासो गरेपनिपछि अहिले आफैले हटाएर सहयोग गरेको बताइन् । चाडपर्वमा प्लाष्टिकजन्य फुलहरुको ब्यापार बढि हुने भएकाले अनुगमन गरेका हौ उनले भनिन् ,‘गत वर्ष सचेत गराइएका केही ब्यापारिलाई जरिवाना सहित फुका माला जफत गरेका छौँ ।’

    महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले सानोदेखि होलसेल पसल सम्म अनुगमन गरिएको बताए । प्लाष्टिकजन्य सामग्री नेपाल बाहिरबाट आयात हुने र अर्थतन्त्र बाहिरिने तथा मानव जीवनमा समेत नकरात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए । ‘प्लाष्टिकजन्य फुलमाला विक्री वितरणमा रोक लगाउर्दा स्थानीय फुलले बजार पाउने र यसले वातावरणमा पार्ने नकरात्मक प्रभावलाई कम गर्छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।