Logo

२०८३, कार्तिक २८गते


images
images

पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु

images
  • पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु
    images

    पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिल कुमारी आले छिन् ।

    images
    images
    images

    भुटुकेबाट चुनढुंगा बोकेर नवलपुरको होङ्सी सिमेन्ट उद्योगतर्फ गइरहेको लु २ ख ५२९ नम्बरको टिप्पर सडकको भित्तामा ठोक्किएको थियो । टिप्परबाट हामफाल्ने क्रममा दिलकुमारीलाई टिपरको पांग्राले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    दुर्घटनामा निस्दी गाउँपालिका–७ बस्ने २५ वर्षीया हिमाली आले, चालक मकवानपुरको मनहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुरको हेटौंडा–९ बस्ने २४ वर्षीय आशिष सुनार घाइते भएका छन् ।

    images
    images

    उनीहरुलाई उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।