राजेश पराजुली, पोखरा । पोखरामा चाडपर्व लक्षित सरसफाइ कार्यक्रम आज आयोजना गरिएको छ ।पोखरा महानगरपालिकाको आह्वानमा पोखरा महानगरपालिका वडा नं.६ बाराहीघाट देखी खहरेसम्म सरसफाइ गरिएको हाे ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोरका कारण हुने फेवातालको प्रदूषण रोक्नका लागि निरन्तर सरसफाइ गर्नुपर्नेमा जोड दिए। फेवातालको संरक्षण सबै पोखरेलीहरूको दायित्व हुने भन्दै फोहोरको उचित व्यवस्थापन गर्न उनको आग्रह थियो ।
कार्यक्रममा स्थानीय आमासमुह, युवाक्लव, नागरिक समाज, नेपाल प्रहरी, नगर प्रहरी, ढुङ्गा व्यवसायी, पर्यटन व्यवसायी, जलारी समुदाय, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
बाराहीघाटदेखि खहरेसम्मको फुट्ट्रयाक वरिपरि र ताल छेउमा सरसफाइ गरिएको महानगरको सरसफाइ शाखाले जनाएको छ । सरसफाइ कार्यक्रममा स्थानीय समुदाय निरन्तर लाग्नु पर्नेमा सहभागी अभियान्ताहरुले जोड दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology