Logo

२०८३, आश्विन ९गते


images
images

घरेलुु मदिरा सेवनका कारण ४ मजदुरको मृत्यु, २ को अवस्था गम्भीर

घरेलुु मदिरा सेवनका कारण ४ मजदुरको मृत्यु, २ को अवस्था गम्भीर

images
  • सेतोमसी सहकर्मी
  • घरेलुु मदिरा सेवनका कारण ४ मजदुरको मृत्यु, २ को अवस्था गम्भीर
    images
    images

    सुवास आचार्य, बागलुङ । घरेलु रक्सी सेवनका कारण बागलुङमा ४ मजदुरको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका ७ मल्म गहिरा खर्क स्थित गलकोट बृहत खानेपानी आयोजनामा काम गर्ने ४ जना मजदुरको ज्यान गएको हो । 

    images
    images
    images

    स्थानिय भद्र बहादुर थापाले सञ्चालन गरेको मिलन किराना पसलमा घरेलु मदिरा र बोनस नामक चाउचाउ, पाठक नामक दालमोट र कोकोनट लेखेको बिस्कुट खाएका उनिहरु विरामी परेपछि धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । 

    images
    images
    images

    मदिर सेवन गरेका २ जनाको अवस्था गम्भीर रहेको छ ।  गम्भिर विरामी परेका ३८ वर्षिय खेमराज घर्ती र २६ वर्षिय रबिन्द्र पुनको धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी पोखरा पठाईएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए । 

    images
    images
    images

    मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाँउपालिका २१ वर्षिय दिपेन्द्र पुन मगर, ३९ वर्षिय दुध बहादुर राना, ५१ वर्षिय रेख बहादुर राना, र ३० वर्षिय प्रबिन घर्ती रहेका छन् । 

    प्रहरीले पसल सञ्चालक भद्र बहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।