सुवास आचार्य, बागलुङ । सरकार बिरुद्ध मुलुकभर आन्दोलन गरिरहेका संयुक्त विद्यार्थी संगठनले सोमवार बागलुङमा संविधानको प्रतिलिपि प्रदर्शन गरेका छन् । वर्तमान सरकारका प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेर स्वईच्छाचारी ढंगले काम गरेको भन्दै जिल्ला प्रशासन कार्यलय अगाडी संविधानको प्रदर्शन गरेको हो ।
राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा प्रतिगमन व्याप्त बनेको भन्दै पाँच विद्यार्थी संगठनले संयुक्त संघर्षको कार्यक्रम अन्र्तगत प्रतिगमन र बेथितिको विरुद्ध आन्दोलन गरेको संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।
प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन् । वर्तमान सरकारले महँगी बढाएको, कोरोना नियन्त्रण र खोपको व्यवस्था गर्न नसकेको भ्रष्टाचार वढेको तथा जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको उनीहरुको आरोप छ ।
पाँच विद्यार्थी संगठनहरुमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं रहेका छन् । वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको भन्दै उनिहरुले प्रशासन अगाडी चर्को नारावाजि गर्दे प्रर्दशन गरेका थिए
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology