Logo

२०८३, आश्विन ११गते


images
images

गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरीबीच भेटवार्ता, सडक र पोखरा एयरपोर्टबारे छलफल

गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरीबीच भेटवार्ता, सडक र पोखरा एयरपोर्टबारे छलफल

images
  • गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरीबीच भेटवार्ता, सडक र पोखरा एयरपोर्टबारे छलफल
    images
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उहाँहरुबिच भेटवार्ता भएको हो ।  

    images
    images
    images

    भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित संचालन गरि प्रदेशबासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे ।

    images
    images
    images

    कोरोला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणकालागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको दु्रत मार्ग निर्माण, तनहुँमा सय शैयाको अस्पताल निर्माणमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई बताए ।

    images
    images
    images

    चिनको सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओ लगायत शहरहरुबाट नियमित सिधा उडानका लागि अनुरोध गरे । ‘यसले दुई देश बिच व्यापार, पर्यटन एवं जनसम्पर्कलाईपनि मद्धत पु¥याउनेछ’ मुख्यमन्त्री पाण्डेले भने ।

    भेटका क्रममा सेक्रेटरी वाङ छुङछेङले कोरोला नाका कात्तिक २७ गते (नोभेम्वर १३) मा खोल्ने योजना रहेको बताए । 

    साथै उनले पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा चिनको शहरबाट सिधा उडान गर्ने विषयमा आफु प्रतिवद्ध रहेको बताउँदै प्राविधिक टिमलाई यसबारे अध्ययन गर्न पठाउने बताए । गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै सेक्रेटरी वाङ छुङछेङले मुख्यमन्त्री पाण्डेलाई चिन र तिब्बतको भ्रमणको निम्ता दिए ।

    तिब्बत सँगको सम्बन्ध अहिले मात्र नभई ईतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल तिब्बत संम्बन्धको स्मरण गरे । १२ औँ सताब्दी तिर अरनीको ले नेपाल चिनको संम्बन्धलाई थप प्रगाढ बनाएको बताउँदै उनले भने ‘घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै उत्कृष्ट द्धिपक्षीय सम्बन्धलाई सदियौँदेखि निरन्तरता दिईरहने मित्र राष्ट्र नेपाल र चिन पनि हो ।’

    मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे । सेक्रेटरी वाङ छुङछेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्धिपक्षिय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन प्रर्वद्धनमा थप मद्धत पुग्ने विश्वास व्यक्त गरे । भेटमा दुईदेश बीचको आपसी सम्वन्ध, सहकार्य र हितका अन्य विषयमा पनि छलफल भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।