Logo

२०८३, आश्विन १०गते


images
images

नेपालगन्जको सौगात इलेक्ट्रो हबमा आगलागी

नेपालगन्जको सौगात इलेक्ट्रो हबमा आगलागी

images
  • नेपालगन्जको सौगात इलेक्ट्रो हबमा आगलागी
    images
    images

    नेपालगन्ज । नेपालगन्जको घरबारीटोलमा आइतबार राति आगलागी भएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बिसीले बताए ।

    images
    images
    images

    आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।        

    आइतबार राती नै बाँकेको खजुरामा लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट सल्केर एक हार्डवेयर पसलमा आगलागी भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • # नेपालगन्ज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।