Logo

२०८३, श्रावण ३०गते


images
images

पोखराको फूल मेलामा नबिकेका मालाबापत महानगरले प्रतिमाला २० रुपैयाँ दिने

पोखराको फूल मेलामा नबिकेका मालाबापत महानगरले प्रतिमाला २० रुपैयाँ दिने

images
  • पोखराको फूल मेलामा नबिकेका मालाबापत महानगरले प्रतिमाला २० रुपैयाँ दिने
    images
    images

    राजेश  पराजुली, पोखरा ।  पोखरामा सयपत्री फूल मेलामा नबिकेका मालावापत पोखरा महानगरपालिकाले किसानलाई प्रतिमाला २० रुपैयाँ दिने भएको छ ।

    images
    images
    images

    पोखराको श्री कम्प्लेक्स परिसरमा २५ देखि २८ कात्तिकसम्म सञ्चालन भएको सयपत्री फूल मेला प्रदर्शनीमा किसानले बिक्रीका लागि राखेको करिब ६५ सय माला बिक्री नभएको महानगरपालिकाको अनुमान छ ।

    images
    images
    images

    ती मालावापत किसानलाई प्रतिमाला २० रुपैयाँ प्रोत्साहन रकम दिने महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । ‘श्री कम्प्लेक्स परिसरमा ल्याएर नियमित फूल बिक्री वितरण गर्ने कृषकको आजसम्मको स्टकलाई हेर्दा, बजारमा माग भन्दा बढी आपूर्ति भएको र बाह्रय क्षेत्रबाट पनि फूल आएको, विगतको तुलनामा माग पनि कम भएकाले माला बिक्री वितरणमा समस्या आएकोले पोखरा महानगरपालिकाको तर्फबाट प्रति माला रु २० का दरले प्रोत्साहन गरिने निर्णय भएको छ’ उनले भने ।

    images
    images
    images

    श्री कम्प्लेक्समा राखिएको मेलामा धेरै फूल बिक्री नभएको किसानले गुनासो गरेका थिए । हालसम्म बिक्री नभएको ६ हजार ५०० मालालाई प्रति माला २० का दरले १ लाख ३० हजार प्रोत्साहन रकम दिइने उनको भनाइ छ ।

    किसानको बारीमा नै रहेको फूल र बिक्री नभएको माला सुरक्षित राख्न महानगरपालिकाले आग्रह गरेको छ । ‘सुकेका फूल गुणस्तर हेरी प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा खरिद गर्ने व्यवस्था गरिएको छ’, कडरियाले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।