Logo

२०८३, कार्तिक २८गते


images
images

तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम तयारी

तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम तयारी

images
  • तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम तयारी
    images

    तिलौराकोट ।  गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम तयारीमा पुगेको  छ।

    images
    images
    images

    नेपाल सरकारले विश्वको ठूलो खुला संग्रहालयमा दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम तयारीको लागि शुक्रबार तिलौराकोटमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा प्रोफेसर रोब्लन कोनिङ्घम, कोश प्रसाद आचार्य नेपाल सरकारका सचीव सहितको अन्य अधिकारीहरूले  तिलौराकोट दरबार क्षेत्रको भ्रमण गरेका हुन् ।

    images
    images
    images

    भ्रमण पछि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो छिटो सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट पूर्णरूपमा सहयोग गर्ने बताएका हुन्। 

    images
    images

    ‘तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भए अनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने अन्तिम चरणमा रहेको छ।

    विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।