Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा आइटीएफको वर्ल्ड टेनिस टुर जे–३० सुरु हुँदै

पोखरामा आइटीएफको वर्ल्ड टेनिस टुर जे–३० सुरु हुँदै

images
  • पोखरामा आइटीएफको वर्ल्ड टेनिस टुर जे–३० सुरु हुँदै
    images
    images

    पोखरा । पोखरामा शनिबारदेखि आइटिएफ वल्र्ड टेनिस टुर जे–३० सुरु हुँदैछ ।कास्की जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगितामा देश विदेशबाट १११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

    images
    images
    images

     दुई साता चल्ने प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइड’ र ‘मेन ड्र’ मा ६४ खेलाडीको सहभागिता हुनेछ ।

    images
    images
    images

    महिलातर्फ ४७ खेलाडी प्रतिस्पर्धामा उत्रदैछन् ।

    images
    images
    images

    पुरुषतर्फ भारतका ४४, नेपालका १०, जापनका ४, अमेरिकाका २, रसिया, क्यानेडा, चीन र श्रीलंकबाट १÷१ जना जे–३० खेल्न आउने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए ।

    उनका अनुसार महिलातर्फ भारतका ३०, नेपालका ७ सहित जापन, अमेरिका, थाइल्याण्ड, नर्वे,काजकिस्तान जापान, हङकङ लगायतका देशबाट खेलाडी सहभागि हुनेछन् ।

    ‘आइटिएफ वल्र्ड टेनिस टुर जे–३० प्रतियोगितामा पुरुष तथा महिला सिंगल्स र डबल्समा १३ बर्षदेखि १८ बर्षभित्रका खेलाडीहरुले र्‍यांकिङ आधारमा मेन ड्रमा छिर्न पाउनेछन् ।

    बाँकीले क्वालिफाइड छनोट भएर यो प्रतिस्पर्धा गर्ने गुरुङले बताए ।

    प्रतियोगितामा विजेता खेलाडी सिंगलतर्फ ३० अंक, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ट अफ सिक्टिनमा पुग्नेले आइटीएफको २ अंक पाउने प्राविधिक निर्देशक अजय विष्टले बताए ।

    डबल्सतर्फ विजेताले २५ अंक, उपविजेताले १३ अंक, सेमिफाइनलिस्टले ६ अंक र क्वाटर फाइनलिस्टले ३ अंक प्राप्त गर्नेछन् ।

    पोखरा रंगशालाको टेनिस कोर्टमा शनिबार र आइतबार छनोट चरणका खेल सञ्चालन गरिनेछ ।

    सोमबारदेखि प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।प्रतियोगिता सञ्चालन गर्न करिव २० लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

    विदेशी खेलाडी तथा अफिसियल सहभागी हुने भएकाले पोखराको पर्यटनमा प्रतियोगिताले सघाउने अध्यक्ष गुरुङको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्ल्ड टेनिस टुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।