नविन लुइटेल, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ मा झुण्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका छन् । घोडाहास्थित एक सार्वजनिक शौचालयमा ५६ वर्षिय होमभक्त घिमिरे झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
घोराही नगरपालिका वडा नं १६ कसेनी वसोबास गर्दै आएका घिमिरे तिहार अघिदेखि आफ्नो छोरीको घरमा देवदह आएका र आज बिहान अन्दाजी ४:३० बजेको समयमा घोडाहाको सार्वजनिक शौचालयमा मृत अवस्थामा भेटिएको देवदह प्रहरी चौकीका प्रमुख डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
पोस्टमाटमको लागि शव हाल लुम्बिनी प्रदेशिक अस्पताल बुटवल लगिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology