Logo

२०८३, आश्विन ९गते


images
images

केपी ओली कप टि–२० क्रिकेटको उपाधि मधेश प्रदेशलाई

केपी ओली कप टि–२० क्रिकेटको उपाधि मधेश प्रदेशलाई

images
  • केपी ओली कप टि–२० क्रिकेटको उपाधि मधेश प्रदेशलाई
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरामा भएको केपी ओली कप टि–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ ।

    images
    images
    images

    शुक्रबार पोखरा रंगशालाको खेल मैदानमा भएको फाइनल भिडन्तमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मधेशले उपाधि हात पारेको हो ।

    images
    images
    images

    मधेशले आर्मीलाई ११ रनले पराजित गरेको छ । १३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सफल भयो ।

    images
    images
    images

    आर्मीलाई सोमपाल कामीले १६ र विवेक यादव अविजित २५ रनको योगादन दिएपनि जित सम्भव भएन । आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाए ।

    बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।

    टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९ रनको योगदान दिए ।

    कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रनको योगदान दिए ।

    बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३÷३, सोमपाल कामी र बसिर अहमदले १÷१ विकेट लिए ।

    उपाधिसँग मधेसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको आर्मीले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

    बिहीबार भएको सेमिफाइनलमा मधेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीले बाग्मती प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा मंसिर ७ गते सुरु प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमिका २ टोली सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।