काठमाडौं । काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिप अन्तर्गत शनिवार दोस्रो सेमिफाइनल खेल हुँदैछ । फाइनल प्रवेशका लागि केपी ओली एफसी र मच्छिन्द्र एफसी बीच प्रतिस्पर्धा हुन लागेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेदेखि सुरु हुनेछ ।
यसअघि शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसी लाइ २–१ गोल अन्तरले हराउदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल फागुन १९ गते सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछन् ।
फाइनल खेलअघि कुमा सागर एण्ड ख्वपा , पुर्ण राइ एण्ड दाजुभाइको प्रस्तुति रहने छ भने सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुजी बुफोन पनि फाइनल हेर्न नेपाल आउँदै छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology