देवदह । बाइक स्कुटर चोरिको गिरोहको एक जनालाई गएराती गस्तिको क्रममा देवदह प्रहरी चौकिले स्कुटर चोरी गरेकै अवस्थामा रंगेहात प्रकाउ गरेको छ। शुद्धोधन गाउँपालिकाबाट स्कुटर चोरी गरि देवदहको बाटो हुँदै नवलपरासी लैजादै गर्दा देवदह ४ बिजयपुरमा प्रकाउ गरेको देवदह प्रहरी चौकीका प्रमुख डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
पक्राउ परेको व्यक्ति गिरोहका सदस्य रहेको र देवदह लगायत रुपन्देहीमा निरन्तर मोटरसाइकल स्कुटर लगायतका सवारी साधन चोरी गर्ने मुख्य गिरोहको बारेमा थप विषय खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ब्यक्तिबाट कटिङ स्क्रु र नयाँ नम्बर पेलेट राख्ने नटबोल्ट समेत प्रहरीले बरामद गरेको छ।
निरन्तरको मोटरसाइकल चोरी र स्थानीयको व्यापक गुनासोपछि प्रहरीले दिनरात गस्तिलाइ तिब्रता दिने क्रममा गिरोहका एक सदस्य पक्राउ गरिएको दावी गरिएको छ।
यसैबीच लुम्बिनी प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीलाई देवदह नगरपालिकामा भेट गरि देवदहमा भैरहेको मोटरसाइकल चोरिको घटनाको विषयमा रिपोर्टिङ गर्दै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन, प्रहरी गस्ती र घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्न देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले अनुरोध गरेकी छन् ।
प्रहरीलाई सबै प्रकारका सहयोग गर्न देवदह नगरपालिका प्रतिबद्ध रहेको र देवदहमा पछिल्लो पटक भएका चोरी लगायतका घटनाका दोसिलाइ पक्राउ गरि शान्ति सुरक्षाको प्रत्याभूति दिन गुरुङले प्रहरीलाई अनुरोध गरेकी छन् ।
पछिल्लोपटक देवदह ५ गुरुङटोला कलुवा, देवदह ७ तल्लो खैरेनी, देवदह ८ लगायतका क्षेत्रमा १५ दिनभित्र चोरी भएका बाइक, ट्राफिक प्रहरीको चेकिङ एक ठाउँमा मात्रै सिमित रहेको दक्षिणि भेगमा प्रहरी उपस्थिति र चेकिङ कमजोर भएको हुँदा सिमा र भित्री बाटोको गस्ती प्रभावकारी बनाउन, प्रहरी चेकिङमा ब्लु बूक र चेचिस नम्बर अनिवार्य हेर्न, कबाड संकलन केन्द्र र बाइक मर्मत सर्भिस तथा पार्ट बिक्रि केन्द्रमा समेत निगरानी बढाउन देवदह नगरपालिकाका नगर प्रबक्ता गणेश डुम्रेले समेत नायब महानिरीक्षक जोशीलाई अनुरोध गरेका छन् ।
भेटमा प्रहरी नायब महानिरीक्षक जोशीले जनताले सुरक्षाको अनुभुती हुने गरि प्रहरी गतिविधिलाई प्रभावकारी बनाउने र मोटरसाइकल चोरी दोषीलाई तत्काल पक्राउ गर्ने गरि अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology