Logo

२०८३, आश्विन ९गते


images
images

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद

images
  • नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद
    images
    images

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

    images
    images
    images

    मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

    images
    images
    images

    ज्यान मुद्दाको सजाय पाउनेमा जन्मकैदको मुद्दामा सजाय पाउने अन्यमा नवराजकी प्रेमिकाका बाबु सहित २३ जनालाई जन्मकैदको सजाय सुनाइएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।  

    images
    images
    images

    नवराज विककी प्रेमिका, उनकी आमा र भाइले ज्यान मारेको आरोपबाट सफाइ पाएका छन्, तर जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएका छन् । उनीहरुलाई जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सूचना अधिकारी कोइरालाले भने, ‘यसअघि धरौटीमा छुटेकाहरुले ज्यान मारेको आरोपबाट सफाइ पाए । किशोरी, उनकी आमा र नाबालक भाइ भने जातीय छुवाछुतको आरोपमा मात्रै दोषी ठहर भएका छन् ।’

    १० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

    उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।

    जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले उक्त घटनामा २ नाबालकसहित ३४ जनाविरुद्ध क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको कसुरमा जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    यो घटनामा थुनछेक बहसपछि जिल्ला अदालत रुकुम पश्चिमले आरोपितमध्ये दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र इन्द्रबहादुर मल्ललाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । त्यस्तै नवराज बिककी प्रेमिकाकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न र अरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

    जिल्लाको थुनछेक आदेशको पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले नवराज विककी प्रेमिका र उनका भाइलाई तारेखमा छाड्न आदेश दिएको थियो । त्यस्तै सर्वोच्च अदालतले भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुनलाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

    घटनाको अनुसन्धान गरेको नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार नवराज विकको टोली घरमा आएपछि युवतीकी आमाले गालीगलौज गरेकी थिइन्।

    उनले तत्काल फोन गरेर चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र अरु गाउँलेलाई बोलाएकी थिइन् । गाउँलेहरु आएको थाहा पाएपछि नवराज विकसहितको टोली भागेको थियो । त्यस क्रममा युवतीका आफन्त र गाउँलेले लखेटी लखेटी उनीहरुको हत्या गरेको प्रहरीको भनाइ छ ।

    प्रहरी अनुसन्धानले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न रहेको र नवराज विककी प्रेमिका किशोरी, उनकी आमा र किशोरीका ठूलोबाबुलाई घटनाको षड्यन्त्रमा सामेल भएको आरोप उल्लेख गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवराज विक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।