Logo

२०८३, आश्विन ९गते


images
images

मजदुरहरुकाे पीडा: कालिगण्डकीकाे बगर हेरेरै कट्छ दिन

मजदुरहरुकाे पीडा: कालिगण्डकीकाे बगर हेरेरै कट्छ दिन

images
  • मजदुरहरुकाे पीडा: कालिगण्डकीकाे बगर हेरेरै कट्छ दिन
    images
    images

    कृष्ण अन्जान,रुरु । एक हुल मान्छे हरु हरेक दिन रुरुधामकाे कालिगण्डकीकाे किनारमा एका बिहानै पुग्छन , केहिबेर बस्छन , एक अर्कालाई हेर्छन र निराश बनेर फर्किन्छन ।

    images
    images
    images


    याे प्रक्रिया केही महिना देखि रिडीबजारमा चलिरहेकाे छ यी मान्छेहरु तिनै मजदुर हरु हुन कालिगण्डकीकाे घाटकाे बालुवामा मजदुरी गरेर परिवार पाल्थे ।यतिबेला करिब दुई सय पचास मजदुर हरुकाे मजदुरी खाेसिएकाे छ ।   

    images
    images
    images

    याे आर्थिक वर्ष देखि कालिगण्डकी बगरकाे बालुवा उत्खनन भएकाे छैन । किन राेकियाे कस्ले राेक्याे थाहा छैन तर जे जसरी राेकिए पनि यहि बालुवालाई राेजगारी बनाएर साँझ विहानकाे हातमुख जाेर्ने छाेरा छाेरी पढाउने एकसराे लगाउने मजदुरहरु बालुवा नखुल्दा दयनिय जीवन जिउन बाध्य छन ।
         
    सर्वाेच्च अदालतले स्थानीय तहलाई बालुवा उत्खनन राेक्न आदेश दिएपछि यतिबेला रुरुधाममा मजदुर मात्र हाेईन यसक्षेत्रमा निर्माण भईरहेका निजि र सरकारी सँरचना हरुलाई पनि समस्या परेकाे छ ।
        
    बलेनीमा बालुवा छ तर महँगो रकम तिरेर बालुवा ल्याउनु परेकाे गुनासाे यहाँका स्थानीय वासिन्दाकाे छ । अहिलेनै घर बनाउन थालेकाे अहिले नै यस्तो, कहिले खुल्छ खै वालुवा बगर तिर हेर्दै रिडीबजारका अजित श्रेष्ठले भने ।
         
    बालुवाकाे उत्खनन राेकिए पछि रुरुक्षेत्र गाउँ पालिकाकाे आयस्रोत पनि ठप्प छ,यहि बालुवाकाे करले  रुरुक्षेत्र गाउँ पालिकाकाे आवस्यक खर्च चल्दै आएकाेमा याे वर्ष टेण्डर हुन नसकेपछि गाउँ पालिका पनि समस्यामा छ ।
         
    बालुवा नखुल्दा मजदुरहरुकाे राेजी राेटि खाेसिएपछि यतिबेला रुरुक्षेत्रकाे रिडीबजारका सामाजिक अभियन्ता सँगै राजनैतिक व्यक्तित्व ज्ञापन पत्र बाेकेर जिल्ला सदरमुकाम र राजधानी समेत पुगेका छन । 

    images
    images
    images

    नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका इन्चार्ज हिमाल श्रेष्ठ  पिडित मजदुर हरुसँगै राजधानी काठमाडौंमा ज्ञापन पत्र बाेकेर पुगेका छन भने एमाले रुरुक्षेत्र १ का पार्टी अध्यक्ष नवराज विक र युवा नेता प्रेम भण्डारी सहितकाे अर्काे टाेलीले आईतवार जिल्ला प्रशासन जिल्ला समन्वय समिति प्रहरी कार्यालय सँगै गाउँ पालिकाकाे कार्यलयमा ज्ञापन पत्र बुझाएकाे छ ।
         
    यसक्षेत्रका पिडित मजदुरकाे दयनियता हामीले देख्न सकेनौँ , विकास निर्माणका सबै काम राेकिए ,याे अस्तव्यस्तालाई छिटाे निकाशका लागि हामीले पहल गरेका हौँ एमाले नेता हिमाल श्रेष्ठले भने ।

    यतिबेला रुरुक्षेत्रकाे रिडीधाममै ठुला विकास आयाेजना धार्मिक क्षेत्रका सँरचना हरुकाे निर्माण कार्य चल्दै गर्दा बालुवाकै कारण समस्य उत्पन्न भएकाले बेलैमा याे गाँठाे फुकाई दिन मजदुर र स्थानीयले आग्रह गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।