कृष्ण अन्जान, गुल्मी । कालिगण्डकी करिडाेरले बिचैबाट छिचाेलेर गएकाे हर्मिचौरकाे सडक छेउँमै थानेश्वर पाण्डेकाे घर छ ।
उनी यसक्षेत्रका आशालाग्दा बाख्रा पालक किसान हुन ।
हर्मिचौर पुग्दा पाण्डे आफुले पालेका बाख्राकाे स्याहारसुसारमा व्यस्त थिए । उनकाे अत्याधुनिक खाेरमा यतिबेला माउ, पाठा, पाठि गरि सत्रवटा खरि र बाेएर क्रसजातका बाख्रा छन ।
थानेश्वर पाण्डे जस्तै हर्मिचौरमा धेरै किसान हरुले बाख्रा पाल्न थालेकाे धेरै वर्ष भईसकेकाे छ । हिले स्मार्ट बाख्रा पालन समिति बनाएर याे समितिमा करिब साठी घर समेटिएर यतिबेला व्यवसायीक बाख्रा पालन भईरहेकाे पाण्डेले बताए ।
लुम्बिनी प्रदेश सरकारकाे कृषि तथा भुमिव्यवस्था मन्त्रालयबाट विनियोजित बजेटले याे क्षेत्रका बाख्रा पालक किसानहरुका लागि खाेर निर्माण ,उन्नत जातका बाख्रा वितरण सँगै पानीकाे व्यवस्थापनका लागि एकहजार लिटरका निर्माण गरिएकाे छ ।
गाउँभरि दुईचार वटा बाख्रा नपाल्ने त काेहि पनि छैन तर हर्मिचौर गाउँका धुर्वराज पाण्डे, देउमाया थापा ,सुमित्रा पाण्डे, थानेश्वर पाण्डे ,तिलक बहादुर राना लगाएतका किसान हरु व्यवसायीक रुपमा बाख्रापालनमा लागेका किसान हुन ।
हिले स्मार्ट बाख्रा पालन समितिले बाख्रा पालक किसानहरुलाई सँगठित त गरेकाे छ नै बेलाबेला उन्नत कृषि उपकरण हरुपनि अनुदानमा उपलब्ध गराएकाे छ ।
याे वर्ष साठी घर बाख्रा पालक किसान हरुका लागि दाना पिस्ने मिल र घाँसकाट्ने मशिन चापकटर उपलब्ध गराएकाे हिले स्मार्ट बाख्रा पालन समितिका अध्यक्ष समेत रहेका बाख्रा पालक किसान थानेश्वर पाण्डेले जानकारी दिए ।
याे क्षेत्रमा पालिएका बाख्राका लागि प्राविधिक सेवा यस अघि जिल्ला भेटनेरी तथा पशु विकास कार्यलय पाल्पाले हेरेकाेमा यतिबेला प्राविधिक सेवा गुल्मीले दिनथालेकाे छ ।
कालिगण्डकी करिडोरकाे निर्माण भएसँगै बाेका बाख्रा बेच्न पनि सजिलो भएकाे र गाउँबाट खरिद गरेर नजिकैका बजार पुर्तिघाट, अस्लेवा, मिर्मि, गल्याँगबाट गाउँमै आएर बाेकाे बाख्रा खरिद गर्ने गरेकाे बाख्रा पालक किसान हरुले बताए ।
खेतिपातिका लागि पनि हर्मिचौर क्षेत्र अत्यन्तै उर्वर रहेकाे र पछिल्लो चरणमा बाख्रा पालनलाई पनि किसानहरूले व्यवसायीक रुपमा जाेडेपछि याे क्षेत्रका किसान हरु आत्मनिर्भर बनेकाे पाईएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology