Logo

२०८३, आश्विन ९गते


images
images

अध्यक्ष पदका प्रतिस्पर्धी हिमाल श्रेष्ठद्वारा विजयी यदु ज्ञवालीलाई टीका र खादाले सम्मान

अध्यक्ष पदका प्रतिस्पर्धी हिमाल श्रेष्ठद्वारा विजयी यदु ज्ञवालीलाई टीका र खादाले सम्मान

images
  • अध्यक्ष पदका प्रतिस्पर्धी हिमाल श्रेष्ठद्वारा विजयी यदु ज्ञवालीलाई टीका र खादाले सम्मान
    images
    images

    माधव ज्ञवाली, गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा अध्यक्ष पदमा यदु ज्ञवाली विजयी भएका छन् । १ हजार २ सय ७७ मतको फराकिलो अन्तरले बिजेता बनेका ज्ञवाली बिजेता भएसङ्गै बिजय उत्सव र भेटघाट कार्यक्रममा ब्यस्त छन् । 

    images
    images
    images

    भेटघट एवं बिजय उत्सव कार्यक्रमको दौरानमा ज्ञवाली मंगलबार साझ रुरुक्षेत्र १ रिडि पुगे। रिडिका प्रत्येक घरघरमा पुगेर टीका र आशीर्वाद थापेका ज्ञवालीको उनका निकटतम प्रतिस्पर्धी हिमाल श्रेष्ठ सङ्ग जम्का भेट भयो।

    images
    images
    images

    करिब राती ८:३० बजे श्रेष्ठ आफ्नो घर अघि टीका र खादा लिएर ज्ञवालीको प्रतिक्षा गर्दै थिए । अध्यक्ष पदका उम्मेदवार  श्रेष्ठको घर रिडि बजारमै पर्छ। श्रेष्ठले नवनिर्वाचित गाउँपालिका अध्यक्ष ज्ञवालीलाई टीका र खादा लाएर सम्मान गर्दै भने," समृद्द रुरुको लागि अनवरत लाग्नु, मेरो आशिर्वाद लागोस।" यति भन्दै श्रेष्ठ र ज्ञवालीले एक आपसमा अंकमाल गरे। 

    images
    images
    images

    बिजय र्यालीमा उपस्थित सबैले  ताली पिटेर श्रेष्ठको सम्मान गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।