Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा तीन हजार पशुचौपायमा कृत्रिम गर्भाधान गरिदै

गुल्मीमा तीन हजार पशुचौपायमा कृत्रिम गर्भाधान गरिदै

images
  • गुल्मीमा तीन हजार पशुचौपायमा कृत्रिम गर्भाधान गरिदै
    images
    images

    टोपलाल अर्याल, गुल्मी । यो बर्ष भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र गुल्मीले तीन हजार पशुचौपायमा निशुल्क कृतिम गर्भाधान गर्ने योजना बनाएका छ ।

    images
    images
    images

    आर्थिक बर्ष ०७८/०७९ सालदेखि ०८०/०८१ सम्म केन्द्रले क्रमश छ सय ४०, ०७९/०८० मा १४ सय २७ र ०८०/८१ मा तीन हजार ८० पशुचौपायको कृतिम गर्भाधान गरेको छ ।

    images
    images
    images

    यो आर्थिक बर्षमा तीन हजार लक्ष्य रहेकोमा प्रथम चौमासिकसम्म सात सय ९४ पशुचौपायको कृतिम गर्भाधान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका बरिष्ठ पशु विकास अधिकृत हुमकान्त पाण्डेयले जानकारी दिए । कृतिम गर्भाधान प्रदेशकै प्राथमिकताको कार्यक्रम भएकाले बिज्ञ केन्द्रले सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्सिमिनेटरलाई अभिमुखिकरण गरेको थियो ।

    images
    images
    images

    पाण्डेयले जिल्लामा पशु विकासको क्षेत्रमा गर्नुपर्ने थुप्रै कामहरु भएपनि बर्षेनी घटेर आउने बजेटका कारण समस्या भएको बताए । उनका अनुसार कार्यालयको आर्थिक बर्ष ०७८/०७९ मा नौ करोड १३ लाख रहेको बजेट क्रमश पछिल्ला बर्षहरुमा छ करोड ८९ लाख, चार करोड ७६ लाख र चार करोड २८ लाख रहेको छ ।

    बजेट कम बजेटकैबिच असारमा बजेट रोकिने बिषयले किसानको काम गरेको पैसा समेत दिन नसक्ने बिडम्बना अन्त्य गर्न मन्त्रीसंग पाण्डेयले माग गरे । जिल्लामा अहिले ३५ इन्सिमिनेटर रहेका छन् । उनीहरुलाई राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख बरिष्ठ पशु विकास अधिकृत डाक्टर खगेन्द्रराज सापकोटाले कृतिम गर्भाधान के हो, अपनाउने बिधि, चुनौति लगायतका प्राविधिक बिषयमा प्रशिक्षण दिएका थिए ।

    मन्त्रीसंग प्राबिधिकले गुनासा पोख्दै
    पशु प्राविधिक भोजराज भण्डारीले लुम्बिनी प्रदेशका कृषि, भूमि व्यावस्था तथा सहकारी मन्त्री दिनेश पन्थीसंग दुख र समयानुकूल सेवासुबिधा बढाउन माग गरे । उनले किसानमा दु:ख बुझ्न आफुहरु घरमै पुगेपनी आफ्ना मर्का कसैले नसुनेको भन्दै गृह जिल्लाका मन्त्रीका नाताले ध्यानाकर्षण गराए । ‘घरघरमा पुग्ने प्राविधिकका दुःख कति छन कति,’मन्त्री ज्यू किसानका आँसु हामी पुच्छौ, हाम्रो आँसु तपाईंहरुले पुच्छ्ने हो। भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र गुल्मीले आयोजना गरेको इन्सिमिनेटरसंगको् अभिमुखिकरणमा प्राविधिकहरुले व्यक्तिगत र नीति समस्याको बारेमा धारणा र गुनासा राखेका थिए ।

    पशु प्राविधिक नारायण खनालले निशुल्क भनिएको कृतिम गर्भाधान कतिपटकसम्म भन्ने कृषकमा संसयको बिषय बनेको बताए । उनले धेरे पटक गर्भाधान गर्नुपर्ने पनि हुनेसक्ने र गर्भाधान सुनिश्चीत नभएसम्म किसानले विश्वास नगर्नेन भएकाले स्पष्ट व्यावस्था, दिगोपनको माग गरे । साथै इन्सिमिनेटरहरुको सुविधा स्थानीय तहहरुबाट भुक्तानीको माग खनालले गरे । अर्का प्राविधिक हरि कंडेलले उमेर हदपछि बाहिरिने अनुभवी करारका प्राविधिकलाई खाली हात घर बस्ने अवस्थाको अन्त्य गर्न मन्त्रीसंग आग्रह गरे । 

    प्राबिधिकसंग तीन घन्टा मन्त्री 

    इन्सिमिनेटरसंग करिव तीन घण्टा बसेका लुम्बिनी प्रदेशका कृषि, भूमि व्यावस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले लुम्बिनी प्रदेशको श्रोत र साधनको सिमाभित्र रहेर प्राविधिकहरुको गुनासाको संबोधन गर्ने प्रतिवद्धता जनाए । आफुलाई मात्र केन्द्रमा राखेर नीति बनाउने र बहस गर्ने तथा कुशलतापुर्वक व्यावस्थापनमा चुक्ने नेपाली प्रवृतिका कारण कम श्रोत र साधनमा पनि सुखद नतिजा आउन नसकेको पन्थीले बताए ।

    उनले नेपालीहरुमा लाहुरे बन्ने बानी परिसकेका कारण पनि कृषि र पशुपालनको क्षेत्र पछि परेको बताए । ‘लाहुर गएर १८ घण्टा काम गर्न सक्छौ । तर, घरबारीमा केहि गर्दैनौ,’उनले भने,‘गाउँमा पनि चाउचाउसंग भात खाने लाहुरे प्रबृति बढ्यो ।’ मन्त्री पन्थीले जनता र माटो सम्झेर प्राप्त उपलब्धिमा आशा जगाउने काम गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

    त्यस्तै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका बरिष्ठ पशु चिकित्सक लोकराज भुसालले प्रदेश सरकारको प्राथमिकतामा निशुल्क कृतिम गर्भाधान, खोरेत रोग न्यूनिकरण र संक्रामक रोगको खोप सुनिश्चीत रहेको बताए । उनले पहिले कृतिम गर्भाधानलाई व्यावसायीक रुपमा ठुला फर्महरुमा केन्द्रित गरेपनि अहिले ग्रामीण बस्तीका विपन्न किसानको गोठसम्म पुराउने प्रदेश सरकारको रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।