Logo

२०८३, श्रावण २७गते


images
images

प्रचण्डद्वारा गुल्मीमा हेलीप्याड र पिस पार्क उद्घाटन

प्रचण्डद्वारा गुल्मीमा हेलीप्याड र पिस पार्क उद्घाटन

images
  • प्रचण्डद्वारा गुल्मीमा हेलीप्याड र पिस पार्क उद्घाटन
    images
    images

    गुल्मी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुल्मीमा हेलीप्याड तथा मालिका पिस पार्क उद्घाटन गरेका छन् । उनले बिहीवार मालिका गाउँपालिकाको वडा नम्वर ४ अर्खाबाङमा निर्माण भएको हेलीप्याड उद्घाटन गरेका हुन् । प्रचण्डले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरेका हुन् । 

    images
    images
    images


    मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्क उद्घाटन गर्दै उनले नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताए । देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याड भन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट छ । उनले भने हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्नेछ ।

    images
    images
    images


    लामो समयपछि गुल्मी आएका प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन तथा धुर्कोट गाउँपालिकामा निर्माण भएको शहिद पार्कको समेत उद्घाटन गरेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।