Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा तीन अगुवा कृषक सम्मानित

गुल्मीमा तीन अगुवा कृषक सम्मानित

images
  • गुल्मीमा तीन अगुवा कृषक सम्मानित
    images
    images

    टोपलाल अर्याल, गुल्मी । गुल्मीमा २० औँ राष्ट्रिय कफी दिवसको अवसरमा तीन जना अगुवा कृषक सम्मानित भएका छन । 

    images
    images
    images

    कफी अनुसन्धान कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कफी विकास केन्द्रद्वारा संयुक्त आयोजित कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका २ ग्वाघाका भोजराज रेगामी, मुसिकोट नगरपालिका ५ आँपचौरका कुलमणी खरेल र मदाने गाउँपालिका ३ सिर्सेनीका प्रेम अर्याल सम्मानित भएका हुन् । 

    images
    images
    images

    रेगामीले ०६१ सालदेखि कफी उत्पादन गरेका छन् । खरेलले कफी उत्पादन तथा प्रशोधन र अर्यालले लामो समयदेखि कफी उत्पादनको क्षेत्रमा काम गरिरहेका छन । 

    images
    images
    images

    सम्मानित कृषकहरुलाई मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि खरेलसहित रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, कफी तथा चिया बिकास बोर्डका पुर्व कार्यकारी निर्देशक शेषकान्त गौतम, राष्ट्रिय फलफूल केब्द्रका वरिष्ठ महेन्द्र प्रसाद आचार्य, जिल्ला सहकारी सघ गुल्मीका अध्यक्ष यम बहादुर थापा लगायतले आफ्नो भनाइ राखेका थिए । 

    उनीहरुले कफीको गुल्मेली पहिचान जोगाउन सरकारका निकायसंगै कृषकहरु एकजुट हुनुपर्नेमा जोड दिए । 

    कफीको जननी जिल्लामै कफी खेतीको उत्साह कम रहेको अवस्थामा सेतो गवारो रोगसंग कृषकहरु जुध्न निकै मुस्किल परेकाले संघिय सरकारले अनुसन्धान कार्यक्रम प्रभावकारी बनाएर रोग नियन्त्रणमा ध्यानदिनुपर्ने बताए । 

    कफी अनुसन्धान कार्यक्रमका प्रमुख बरिष्ठ बैज्ञानिक जर्नादन गौतमले कफीको विकासको लागि सवैले कफी रोप्न पने र रोग लागे काटेर फाल्ने नभएर प्राविधिक उपचार खोज्नुपर्नेमा जोड दिए । 

    उनले करिव १८ सय किसानले जिल्लामा अहिलेसम्म दुई सय ४१ हेक्टरमा कफी खेती गरिरहेकाले यो निकै कम भएको बताए । गौतमले अनुसन्धान कार्यक्रम जग्गा, जनशक्ति र श्रोत साधनको कारण प्रधावकारी रुपमा काम गर्न नसकेको बताए । 

    कार्यक्रममा कफि विकास केन्द्रका प्रमुख जीवन आचार्यले दिवसको औचित्य बारे प्रकाश पारेका थिए । भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख गंगा पोख्रेलले कार्यक्रमको सहजीकरण गरेका थिए । 

    कार्यक्रममा कफीसंग सम्बन्धि काम गर्ने कार्यालय, संघसंस्था, सरोकारवाला र कृषकहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # कफि दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।