देवदह । देवदहमा पाँच दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं १२ को आर्थिक सहयोगमा देवदह सामुदायिक विकास तथा सिकाई केन्द्रले तालिम आयोजना गरेको हो ।
मङ्सिर १७ देखि २१ सम्म संचालित तालिममा ४५ जना महिला सहभागी भएको वडा सदस्य उमा रानाले जनाकारी दिईन् । वडाका सबै टोलबाट महिलाहरू तालिममा सहभागी भएको र तालिम फलदायी भएको रानाले बताईन् ।
तालिमको समापन समारोहमा बोल्दै वडा अध्यक्ष डेगबहादुर सारुले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न सके तालिमले लिएको लक्ष्य अनुसार महिलाहरूलाई स्वरोजगार बनाउन सहयोग पुग्ने बताए । वडा र नगरपालिकाबाट तालिम लिने र त्यसलाई कार्यान्वय गर्न सके रोजगारीको लागि भौतारिनु नपर्ने अध्यक्ष सारूको भनाई छ ।
कार्यक्रममा वडा सदस्यहरू गोविन्द तेली, बिन्दा पासी, चिनक मल्लाह लगायतले बोलेका थिए ।
तालिममा रन्जिता पटेल र रम्भा चौधरीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology