Logo

२०८३, आश्विन १०गते


images
images

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता हुने

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता हुने

images
  • २३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता हुने
    images
    images

    राजेश  पराजुली, पोखरा  । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा बर्सेनि आयोजित फुटबल प्रतियोगिता आगामी माघ दोस्रो साता हुने भएको छ ।

    images
    images
    images

    यसपालि हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको तयारीमा यतिखेर आयोजक लागिपरेको छ ।

    images
    images
    images

    ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने छन् ।

    images
    images
    images

    प्रतियोगितालाई सधैं झैं हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेको छ । साथै पोखरा महानगरपालिकाको प्रवर्द्धन, राष्ट्रिय खेलकुन परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रलिया समेतको विशेष सहयोग रहने छ । लुम्बिनी विकास बैंक अफिसियल बैंक छ भने बुद्ध एयर अफिसियल एयरलायन्स हो ।

    प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको नि:शुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने छ । यसको अतिरिक्त पर्यटकीय शहर पोखरालाई स्पोर्टस् हब सिटीको रुपमा विकास गर्दै पर्यटन प्रबद्र्धनमा टेवा पुर्‍याउनुको साथै पोखरालाई अन्तर्राष्ट्रियरुपमा परिचित गराउनु यस प्रतियोगिताको उद्देश्य हो । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित यो फुटबल प्रतियोगिताले नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तरनिहित फुटबल खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्नेछ ।

    गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा गोल्डकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।