Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएल सिजन-१४

आइपीएल क्रिकेट : दिल्लीले चेन्नेईलाई ७ विकेटले हरायो

आइपीएल क्रिकेट : दिल्लीले चेन्नेईलाई ७ विकेटले हरायो

images
  • आइपीएल क्रिकेट : दिल्लीले चेन्नेईलाई ७ विकेटले हरायो
    images
    images

    चैत्र २९ एजेन्सी- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई ७ विकेटले हराएको छ ।

    images
    images
    images

    शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो । १ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो ।
    दिल्लीका लागि शिखर धवनले ८५ रन बनाउँदा अर्का ओपनर पृथ्वी शाले ७२ रनको योगदान गरे । ऋषभ पन्त १५ रनमा अविजित रहदाँ मार्कुस स्टोनिसले १४ रनको योगदान दिए । चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले एक विकेट लिए ।

    images
    images
    images

    यसअघि, पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएकाे थियाे ।
    रैनाको अर्धशतकिय इनिङ्समा साम कुरानले ३४ रनको विस्फोटक पाली खेलेका थिए ।

    images
    images
    images

    ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको चेन्नेईका लागि मोइन अलीले ३६, आम्बाती रायडुले २३ र रविन्द्र जडेजाले २६ रनको अविजित पाली खेले ।

    पुछारमा आएका कुरानले १५ बलमा ३४ रनको बिस्फोटक पाली खेले । उनले २ छक्का र ४ चौकाको मदतले सो रन बनाए । ओपनर फाफ डु प्लेसिसले शुन्य रनमा पेविलियन फर्कदा रुतुराज गाइवाड ५ रनमा आउट भएका थिए ।
    दिल्लीका क्रिस वाक्स र अभेष खानले समान २ र रविचन्द्रन आश्विन र टोम कुरानले समान एक विकेट लिएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।