Logo

२०८३, मंसिर ९गते


images
images

समाचार

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

images
  • दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
    images

    काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    images
    images
    images

    बुधबार, न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो । 

    images
    images

    सरकारले गत कात्तिक २८ गते केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो। आइजीपी कार्कीलाई भने सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो ।

    images

    आदेशमा भनिएको छ- 'यसमा निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रत्यर्थीमध्येका डा. मनोजकुमार के.सी. नेपाल सरकारको मिति २०६३।०७।१८ को निर्णयानुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी सो पदको कार्यभार सम्हालीसकेको भन्ने मिसिलबाट देखिएको, निवेदकले अन्तरिम आदेशको माग गरेको प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानूनी प्रश्नहरुको रिट निवेदनको अन्तिम सुनुवाई हुँदा निरुपण र सम्बोधन हुने प्रकृतिको देखिंदा सुबिधा सन्तुलनको दृष्टिसमेतबाट निवेदन माग बमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन ।'

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दानबहादुर कार्की
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।