काठमाडौ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारवाही नगरी जिम्मेवारी हेरफेर गरिएको बताएको छ ।
सरकारका प्रवक्ता एवम शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कार्कीलाई कारवाही नगरिएको बताएका हुन् ।
उनले भने- 'उहाँलाई कारवाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षा सम्बन्धी सल्लाह दिने हुन्छ । सुरक्षा सल्लाहकारका रुपमा उहाँको अहिलेको जिम्मेवारी पनि संवेदनशील हो ।'
आजै बसेको मन्त्रिपरिषदको बैठकले एआइजी डा. मनोज केसीलाई आइजीपी बनाउने निर्णय गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology