Logo

२०८३, आश्विन २३गते


images
images

मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्ति गर्ने

मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्ति गर्ने

images
  • मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्ति गर्ने
    images
    images

    एनएमसी मेडिकल कलेजले समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको ज्यान बचायो
    काठमाडौं । नेपाल मेडिकल कलेज (एनएसमी) अत्तरखेल काठमाडौंले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ । गत माघ १ गते शल्यक्रियामार्फत जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान बचाउन सफल भएको हो ।
    सर्लाही, लालवन्दी १ की जीताकुमारी चौधरीको गर्भबाट ३० हप्ताका जुम्ल्याहा शिशु निकाल्दै गर्दा उनीहरुको स्वास्थ्यमा गम्भिर समस्या देखा परेको थियो । ‘समय अगावै जन्मिएका शिशुहरुको उपचार गर्नु आफैंमा चुनौतिपूर्ण थियो । उनीहरुको जन्मदै स्वासप्रस्वासमा समस्या, निमोनिया, रगतमा प्लेटिलेटको मात्रा कम भएको र होमोग्लोविन समेत कम भएकोले उपचार गर्नु झनै चुनौती थियो ।’ अस्पतालको क्रिटिकल युनिटका प्रमुख प्राध्यापक डाक्टर गणेश साहले भने, ‘इन्फेक्सनको कारणले गर्दा बच्चाहरुको अवस्था जोखिमपूर्ण थियो ।’ तर, अस्पतालका बाल रोग तथा नवजात शिशु विभागका सम्पूर्ण टीमले एक साथ काम गरेकाले जुम्ल्याहा शिशुहरुको ज्यान बचाउन सफल भएको डाक्टर साहले बताए ।  
    जुम्ल्याहा शिशु बचाउन अस्पतालले २ महिनाको अवधिमा करिब ३० वटा रगतको प्रोडक्टहरु ट्रान्सफर गरेको छ । ‘अहिले बच्चाले तापक्रम मेन्टेन र ग्लुकोज मेन्टेन गर्न सक्ने भएको अस्पतालले जनाएको छ । पहिला पाइपबाट दुध खुवाइएकोमा अहिले चम्चामा राखेर खानसक्ने भएका छन् । जन्मदा एक हजार १२० र एक हजार २६० ग्रामका शिशुहरुको तौल पनि अहिले बढेको डाक्टर साहले जानकारी दिए ।   
    कलेजले जुम्ल्याहा बच्चाको शारीरिक र मानसिक विकासको चक्रलाई नियाल्दै आगामी उपचार विधिहरु अपनाउने बताएको छ । आइतवार जुम्ल्याहा बच्चाहरु अस्पतालले डिस्चार्ज गरेको छ । सो क्रममा जुम्ल्याहा बच्चाका बुबा लालबाबु चौधरीले आफुहरुले माया मारिसकेको सन्तानलाई अस्पतालले बचाइदिएकोमा भावुक हुँदै खुसी व्यक्त गरे । 

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।