काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमवार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भईरहँदा प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
देशका बिभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा मानविय सहित धनजनको क्षती भएको छ ।
यस्तो पृष्ठभूमिमा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology