बुटवल । बुटवल बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा जिल्लास्तरीय अन्तरकलेज भलिवल प्रतियोगिताको उपाधि देवदह आदर्श बहुमुखी क्याम्पसले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा बुटबल बहुमुखी क्याम्पसलाई हराउँदै देवदह आदर्श बहुमुखी क्याम्पस विजेता बनेको हो ।
बुटवल क्याम्पसलाई सोझो ३ सेटका विरुद्ध १ सेटमा हराउँदै देवदह आदर्श बहु्मुखी क्याम्पस विजेता भएको हो । प्रतियोगिताको उपविजेता बुटबल बहुमुखी क्याम्पस बनेको छ ।
तीन दिनसम्म सञ्चालन भएको खेलमा रुपन्देहीका १३ वटा क्याम्पसहरुकोे सहभागिता रहेको थियो । भलिबलमा खेलमा प्रथम, द्वितीय, स्थान प्राप्त गर्ने खेलाडीहरुलाई नगद, प्रमाण, पत्र र मायाको चिनो प्रदान गरिएको छ ।
स्वर्ण महोत्वसको अवसरमा क्याम्पसले विभिन्न खालका रचनात्मक कार्यक्रमहरु, जिल्लास्तरीय खेलकुद, हाजिरीजवाफलगायतका विभिन्न खालका कार्यक्रमहरु आयोजना गरेको क्याम्पसले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology