Logo

२०८३, आश्विन १०गते


images
images

भलिवल

नगरस्तरीय भलिवलको उपाधि देवदह-७ लाई

नगरस्तरीय भलिवलको उपाधि देवदह-७ लाई

images
  • नगरस्तरीय भलिवलको उपाधि देवदह-७ लाई
    images
    images

    देवदह । देवदहमा आयोजित नगरस्तरीय वडाकप भलिवल प्रतियोगिताको उपाधि आयोजक देवदह-७ ले हात पारेको छ । 
    प्रतियोगिता अन्तर्गतत भएको फाईनल खेलमा देवदह-१० लाई सोझो सेटमा पराजित गर्दै आयोजक देवदह-७ ले उपाधि हात पारेको हो । फाईनल खेलमा २५-११, २५-१९ र २५-१७ मा तिन सेट जित्दै देवदह-७, ले उपाधि जितेको हो । 

    images
    images
    images

    उपाधि हात पारेसंगै देवदह-७ ले नगद ३१ हजारसंगै ट्रफी हात पारेको छ । यसैगरी प्रतियोगितामा उपविजेता बनेको देवदह-१० ले नगद २१ हजार र ट्रफी प्राप्त गरेको छ । 

    images
    images
    images

    सेमिफाईलन खेलमा देवदह-७ ले वडा नम्वर ६ लाई सोझो सेटमा र देवदह-१० ले वडा नम्वर ५ लाई सोझो सेटमा हराउदै फाईनल यात्रा तय गरेका थिए । 

    images
    images
    images

    पहिलो सेमिफाईनलमा २५-२२, २५-२३ को सोझो सेटमा वडा नम्वर ६, सरनवारीलाई हराउदै देवदह-७, फाईनल प्रवेश गरेको थियो । 

    यसैगरी दोश्रो सेमिफाईनलमा २५-१८, २५-१६ मा सोझो सेट जित्दै वडा नम्वर १० ले फाईनलको यात्रा तय गरेको थियो । 
    यसैगरी प्रतियोगिता अन्र्तगत भएको तेश्रो स्थानको खेलमा वडा नम्वर ५ विजयी हुदै नगद ११ हजार र ट्रफी प्राप्त गरेको खेल संयोजक राजेन्द्र धमेलले जानकारी दिए । तेश्रो स्थानको लागि भएको खेलमा वडा नम्वर ६ सरनवारीलाई २५-१५, १५-११ को दुई सेट जित्दै वडा नम्वर ५ तेश्रो हुन सफल भएको हो । खेलमा वडा नम्वर ६ सरनवारीले २५-१५ मा एक सेट जित्न सफल भएको थियो । 

    प्रतियोगिताका विजेता खेलाडीलाई देवदह नगरपालिका वडा नं ७ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले पुरस्कार वितरण गरे । वडास्तरीय खेलकुद विकास समिति देवदह-७ को आयोजना र देवदह नगरपालिका-७ वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता भएको हो ।

    समितिका अध्यक्ष चन्द्रकान्ता खरेलको अध्यक्षता र दिलकुमार विकको सञ्चालनमा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिवल
  • # देवदह-७
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।