देवदह । रुपन्देहीको देवदहमा संचालित वडास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता अन्र्तगत दोस्रो दिनका खेलहरु सम्पन्न भएका छन । स्वतन्त्र भूतपुर्वक सैनिक कल्याणकारी परिवारको आयोजना र देवदह नगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा चरेङ्गे भलिवल क्लव, सरनवारी भलिवल क्लव, न्यू देवदह भलिवल क्लव विजय हुदै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्र्तगत पहिलो खेलमा चारपाला सुनवललाई हराउदै चरेङ्गे भलिवल क्लव दोश्रो चरणमा प्रवेश गर्यो । खेलमा २५–२२, २९–२७ को सोझो सेटमा हराउदै चरेङ्गे दोश्रो चरणमा प्रवेश गरेको हो ।
त्यसैगरी दोश्रो खेलमा सरनवारी भलिवल क्लबले शितलनगरलाई हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा सरनवारी भलिवल क्लवले २८–२६, १५–११ म दुई सेट जित्न सफल भएको थियो भने शितलनगरले २५–१९ मा एक सेट जित्न सफल भएको थियो ।
प्रतियोगिता अन्र्तगतको तेश्रो खेलमा न्यू देवदह भलिवल क्लबले तिलोत्तमा–८, लाई हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा २५–१८, १५–१२ मा दुई सेट जित्दै न्यू देवदहह भलिवल क्लव दोश्रो चरणमा प्रवेश गरेको छ भने तिलोत्तमा २५–१८ मा एक सेट जित्न सफल भएपनि खेलबाट बाहिरीएको छ ।
प्रतियोगिताका विजेताले नगद ४१ हजार, उपविजेताले नगद ३१ हजार, तृतिय हुने टिमले नगद २१ हजार र सात्न्वना हुने टिमले नगद ७ हजारसहित मेडल र ट्रफी प्राप्त गर्ने खेल संयोजक मिलन मास्की रानाले जानकारी दिएका छन् ।
विधागत पुरस्कार समेत राखिएको प्रतियोगितामा रुपन्देही, पाल्पा, स्याङ्जा र नवलपरासी जिल्लाका खेलाडीहरु सहभागि रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology