Logo

२०८३, आश्विन ९गते


images
images

राहत

बाढी प्रभावितका लागि देवदहका गुरुङ समुदायको २ लाख ९४ हजार सहयोग

बाढी प्रभावितका लागि देवदहका गुरुङ समुदायको २ लाख ९४ हजार सहयोग

images
  • बाढी प्रभावितका लागि देवदहका गुरुङ समुदायको २ लाख ९४ हजार सहयोग
    images
    images

    देवदह । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि देवदहमा बसोबास गर्ने गुरुङ समुदायले २ लाख ९४ हजार २ सय ४० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

    images
    images
    images

    तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् देवदह नगर समिति तथा विभिन्न इकाई समितिहरूको पहलमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिएको परिषद् देवदह नगर समितिका अध्यक्ष भरत कुमार गुरुङले जानकारी दिए ।

    images
    images
    images

    परिषद्का अनुसार देवदहका विभिन्न गुरुङ संस्थाहरूबाट संकलित रकम ग्लोबल आईएमई बैंक लिमिटेड, खैरेनी शाखास्थित उद्धार कोषको खातामा जम्मा गरिएको हो ।

    images
    images
    images

    सहयोग रकममध्ये पर्वत तमु समाजले १ लाख ७ हजार ३ सय ४० रुपैयाँ, ढेकावर तमु समाजले ५९ हजार २५ रुपैयाँ, खेमा तमु छोंज धीले ३२ हजार ४ सय ४० रुपैयाँ, मितेरी तमु समाजले २५ हजार ७५ रुपैयाँ र पेटवानिया तमु समाजले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    त्यस्तै, चरङ्गे तमु समाजबाट १५ हजार ७ सय ५० रुपैयाँ, सिक्टहन तमु समाजबाट १४ हजार ८ सय ६० रुपैयाँ र भलुही तमु समाजबाट १४ हजार ७ सय ५० रुपैयाँ संकलन भएको परिषद्ले जनाएको छ ।

    परिषद्ले बाढीका कारण ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।