Logo

२०८३, कार्तिक २४गते


images
images

सडक विस्तारपछि देवदहमा बढ्यो दुर्घटना : ६ महिनामा २५ दुर्घटना, दुइ जनाको ज्यान गयो

सडक विस्तारपछि देवदहमा बढ्यो दुर्घटना : ६ महिनामा २५ दुर्घटना, दुइ जनाको ज्यान गयो

images
  • सडक विस्तारपछि देवदहमा बढ्यो दुर्घटना : ६ महिनामा २५ दुर्घटना, दुइ जनाको ज्यान गयो
    images

    देवदह । रुपन्देहीको देवदह क्षेत्रमा बुटवल-नारायणगढ सडकखण्ड स्तरोन्नतिसँगै सवारी दुर्घटना बढेको छ । चौडा र फराकिलो सडक बनेपछि तीव्र गति र असावधानीका कारण सवारी दुर्घटना हुने क्रम बढेको हो ।

    images
    images
    images

    अस्थायी ट्राफिक प्रहरी कार्यालय खैरेनीका अनुसार पछिल्लो ६ महिनामा देवदह क्षेत्रमा साना–ठूला गरी २५ भन्दा बढी सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २५ भन्दा बढी व्यक्ति घाइते भएका छन् भने एक जना गम्भीर घाइते भएका छन् । यस अवधिमा एक पुरुष र एक महिलासहित दुई जनाले ज्यान गुमाएका छन् ।

    images
    images
    images

    ट्राफिक प्रहरी इन्चार्ज नन्दबहादुर शाहीका अनुसार अघिल्लो अवधिको तुलनामा दुर्घटनाको सङ्ख्या बढेको छ । सडकमा निर्माण गरिएका डिभाइडरका कारण पनि दुर्घटनाको जोखिम बढेको हुन सक्ने उनको भनाइ छ । सडकको अवस्था र जोखिमलाई ध्यानमा राख्दा आगामी दिनमा समेत दुर्घटना बढ्न सक्ने उनले बताए ।

    images
    images

    सडक सुरक्षालाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले दुई स्थानमा सवारीसाधनको नम्बर प्लेट पहिचान गर्न सक्ने सिसिटिभी क्यामेरा जडान गर्ने योजना अघि सारेको छ । उक्त योजना मङ्सिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म कार्यान्वयन गर्ने लक्ष्य रहेको इन्चार्ज शाहीले जानकारी दिए । त्यसैगरी, ट्राफिक प्रहरीले विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि उनले बताए ।

    सडक विस्तारसँगै सवारीसाधनको चाप, तीव्र गति, पैदलयात्रीको आवागमन तथा निर्माण कार्यका क्रममा उत्पन्न हुन सक्ने जोखिमलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी बजार क्षेत्र, मुख्य चोक तथा बस्ती आसपासका सडकमा पर्याप्त सडक बत्ती, ट्राफिक सङ्केत, जेब्रा क्रसिङ, गति नियन्त्रणका उपाय तथा पैदलयात्रीमैत्री पूर्वाधारको व्यवस्था आवश्यक देखिएको छ ।

    सडक विस्तार र स्तरोन्नति विकासका दृष्टिले महत्त्वपूर्ण भए पनि सडक सुरक्षालाई समान प्राथमिकता दिन नसकिए नागरिकले थप जोखिम सामना गर्नुपर्ने अवस्था आउन सक्ने स्वर्णिम सगरमाथा क्याम्पस देवदहका क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेल बताउँछन् ।

    ‘विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड राख्ने, रातको समयमा सडक बत्तीको व्यवस्था गर्ने, चोकहरूमा सवारी गति नियन्त्रण, पैदलयात्रीका लागि सुरक्षित सडक पार गर्ने व्यवस्था र ट्राफिक निगरानी प्रभावकारी बनाउनु आवश्यक छ ।’ उनले भने ।

    सर्भिस लेन (राजमार्ग छेउको समानान्तर सडक)को प्रयोग प्रभावकारी बनाउन सके सडक दुर्घटना न्यूनीकरण गर्न सकिने स्थानीय समाज्ञा अधिकारीको बुझाइ छ । उनले विद्यालय तहबाटै ट्राफिक सचेतना बढाउनुपर्नेमा जोड दिइन् । ‘विद्यार्थीलाई ट्राफिक नियमबारे सचेत गराउने हो भने उनीहरूले घरमा गएर अभिभावकलाई भन्छन्, यसले सडक दुर्घटना कम गर्न मद्दत गर्छ ।’ उनले भनिन् ।

    यसैबीच, देवदहका विभिन्न सडक तथा चोकमा भएका दुर्घटनाको तथ्याङ्क, जोखिमयुक्त स्थानको पहिचान र दुर्घटना न्यूनीकरणका लागि भइरहेका प्रयासबारे सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता देखिएको छ । स्थानीय तह, सडक आयोजना, ट्राफिक प्रहरी तथा प्रदेश सरकारबीच प्रभावकारी समन्वय गरी सडक सुरक्षाका पूर्वाधार निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।