Logo

२०८३, कार्तिक २४गते


images
images

सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु

सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु

images
  • सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु
    images

    काठमाडौं । सेनेगलको समुद्री तट नजिकै आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सेनेगलको सरकारी समाचार संस्था एपीएसले उक्त जानकारी दिएको हो ।

    images
    images
    images

    सेनेगलको गृह मन्त्रालयका अनुसार दुर्घटनामा एक जनाको उद्धार गरिएको छ । डुंगामा कति जना सवार थिए र कति जना अझै बेपत्ता छन् भन्ने खुल्न सकेको छैन । काठबाट बनेको सानो डुंगा राजधानी डकार र उत्तरी सहर सेन्ट लुइसबीचको समुद्री क्षेत्रमा पल्टिएको थियो। उक्त डुंगा स्पेनको क्यानरी टापुतर्फ जाँदै थियो ।

    images
    images
    images

    आप्रवासी अधिकारका लागि काम गर्ने स्पेनी संस्था ‘वाकिङ बोर्डर्स’का अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म क्यानरी टापु पुग्ने अटलान्टिक समुद्री मार्गमा ६३५ जनाको मृत्यु भएको थियो । संस्थाले निगरानी गर्ने समुद्री मार्गमध्ये यो सबैभन्दा बढी मानवीय क्षति भएको मार्ग हो ।

    images
    images

    सेनेगलका आप्रवासीलाई सहयोग गर्दै आएको संस्था ‘बोजा फे’का संस्थापक सालिउ डियुफले हालसम्म फेला परेका सबै शव सेनेगलका नागरिकको रहेको बताएका छन् । डुंगामा सवार अन्य व्यक्तिको राष्ट्रियता भने खुल्न सकेको छैन । उद्धार तथा खोजी कार्य जारी छ ।

    सेनेगलका राष्ट्रपति बासिरु दियोमाये फायेले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै नागरिकलाई जोखिमपूर्ण समुद्री मार्गबाट यात्रा नगर्न आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।