Logo

२०८३, कार्तिक २४गते


images
images

पोखराको हारको सिलसिला रोकियो, कर्णालीमाथि ६३ रनको जित

पोखराको हारको सिलसिला रोकियो, कर्णालीमाथि ६३ रनको जित

images
  • पोखराको हारको सिलसिला रोकियो, कर्णालीमाथि ६३ रनको जित
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।

    images
    images
    images

    सोमबार सम्पन्न पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

    images
    images
    images

    पोखराले दिएको २१८ रनको लक्ष्य पछाएको कर्णालीले १८.३ ओभरमा अल आउट हुदै १५४ रन बनाएको थियो ।

    images
    images

    कर्णालीका लागि पवन सराफले ३२ रन बनाएका थिए भने दिपक डुम्रेले २२ र आरिफुल इस्लामले २४ रन बनाएका थिए । त्यस्तै पोखराका बलर मेहदी हसनले ३ विकेट लिए भने धनन्जय लक्शान, कुशल भुर्तेल र विपिन खत्रीले २-२ विकेट लिएका थिए ।

    यसअघि पोखराले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो । पोखराका लागि ओपनर युवराज समराले प्रतियोगिताकै पहिलो शतक प्रहार गर्दै १-२ रन बनाएका थिए भने कुशल भुर्तेलले ६२ रन बनाएका थिए ।  त्यस्तै कप्तान चमिका करुणारत्ने ३५ रनमा अविजित रहेका थिए । 

    कर्णाली याक्सको लागि कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए । मार्क वाटले १ विकेट लिए। पोखरा र कर्णाली दुवैको यो पाँचौं खेल हो । 

    यो जितपछि पोखराको हारको सिलसिला रोकिएको छ र लगातार चार हारपछि पहिलो जित हासिल गरेको छ । त्यस्तै कर्णाली याक्सले भने तेस्रो हार बेहोरेको छ । कर्णालीले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।