देवदह । रुपन्देहीको देवदहमा गोली चल्दा २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन् ।
शनिवार दिउँसो करिव ४ बजे देवदह–७ का दीपक खरेलले चलाएको गोली लागेर खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए ।
घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि खरेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
खरेलसंग रहेको पेस्तोल घरमा आएका खत्रीलाई देखाउने क्रममा गोली चलेको प्रहरी स्रोतले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology