Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय मित्रता दिवसमा देवदह–५ मा महिला साइकल रेस, ६१ वर्षीय प्रतियोगीलाई विशेष सम्मान

अन्तर्राष्ट्रिय मित्रता दिवसमा देवदह–५ मा महिला साइकल रेस, ६१ वर्षीय प्रतियोगीलाई विशेष सम्मान

images
  • अन्तर्राष्ट्रिय मित्रता दिवसमा देवदह–५ मा महिला साइकल रेस, ६१ वर्षीय प्रतियोगीलाई विशेष सम्मान
    images
    images

    देवदह । अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा देवदह नगरपालिका–५ मा टोलस्तरीय खुला महिला साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वडाका २१ वटै टोलका ६३ जना प्रतियोगी सहभागी भएको वडा स्तरीय खेलकुद समिति संयोजक नविन लुइटेलले जानकारी दिए । 

    images
    images
    images

    दुई उमेर समूहमा भएको प्रतियोगितामा १५ देखि २५ वर्ष उमेर समूहतर्फ संगम पाल्पाली टोलकी स्नेहा सुनार प्रथम, मितेरी गाउँ टोलकी लिजा कँडेल दोस्रो र आदर्श टोलकी श्रेया थापा तेस्रो भएको वडा खेलकुद समितिका सचिव निश्चल अर्यालले बताए । प्रतियोगितामा विजेताहरूलाई पुरस्कार स्वरूप साइकल र नगद पुरस्कार प्रदान गरिएको छ भने सहभागी सबैलाई सहभागीताको प्रमाण पत्र प्रदान गरिएको छ । 

    images
    images
    images

    त्यसैगरी २५ वर्ष देखि माथिको उमेर समूहतर्फका विजेतालाई वडा र टोल विकास संस्थाको संयुक्त बैठकपछि पुरस्कार वितरण गरिने जनाइएको छ । 

    images
    images
    images

    यसैबीच प्रतियोगितामा सहभागी ६१ वर्षिय विष्णु माया अर्याललाई विशेष सम्मान गर्दै वडा कार्यालयले साइकल उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । 

    प्रतियोगिताको उद्घाटन र पुरस्कार वितरणमा देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ९ का वा अध्यक्ष मोहन जिसी, केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु प्रसाद पोखरेल, देवदह साइकल राइडर्स क्लबका उपाध्यक्ष हरी भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख गुरुङले मानविय र वातावरणिय स्वास्थ्यको लागि साइकल यात्रा महत्वपुर्ण हुने बताइन् । मान्छे सुविधामुखी बन्दै गएको अवस्थामा साइकल प्रयोगको महत्व र आवश्यकताबारे सचेतना प्रवाह गर्ने कार्यमा समेत कार्यक्रम उपलब्धिमूलक हुने उनको भनाइ छ ।  

    देवदह नगरपालिका–५ का वडा अध्यक्ष डुम्रेले महिला सशक्तीकरण, स्वस्थ तथा सक्रिय जीवनशैलीको प्रवर्द्धन र देवदह क्षेत्रको आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताए ।

    प्रतियोगिताको औपचारिक कार्यक्रममा वडा स्तरीय खेलकुद समिति संयोजक नविन लुइटेलको अध्यक्षता तथा समिति सदस्य बबिता भट्टराईको संचालन रहेको थियो । 


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।