Logo

२०८३, कार्तिक १३गते


images
images

देवदहमा मजदुर माथि निर्घात कुटपिट

देवदहमा मजदुर माथि निर्घात कुटपिट

images
  • देवदहमा मजदुर माथि निर्घात कुटपिट
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा मजदुर माथि निर्घात कुटपिट भएको छ । खैरेनी-धकधई सडक निर्माणकालागि कपिवस्तुबाट आएका ४ जना मजदुरमाथि गएराती कुटपिट भएको हो । उनीहरुलाई स्थानीय हरि कुमार तामाङको समुहले कुटपिट गरेको देवदह-१ का वडा अध्यक्ष दिपक नेपालले बताए ।

    images
    images
    images

    कुटपिटबाट दिनेश कोइरी, विशाल गुप्ता, प्रविन परियार र सुरेश पालको शरिरका विभिन्न अंगमा चोट लागेको छ । उनीहरुलाई वडा अध्यक्ष नेपालको पहलमा उपचारको लागि पठाइएको छ ।

    images
    images
    images

    कुटपिटको घटनापछि प्रहरीलाई खबर गरेको तर प्रहरीले पिडकलाई कार्बाही गर्नुको सट्टा आफैँ मिल्न भनेर छाडेको पिडितले बताएका छन् । घटना भएपछि वडा अध्यक्ष नेपाल आफैले फोन गरेर प्रहरीलाई जानकारी दिएका थिए ।

    images
    images
    images

    प्रहरीले भने आफुहरु घटनास्थलमा पुग्दा मिलिसकेको  भन्ने जानकारी पाएपछि फर्केको बताएको छ ।

    मजदुरमाथि कुटपिट पछि सडक निर्माणका क्रममा काटिएको खानेपानीको पाइप नजोडिदा सो क्षेत्रमा खानेपानी समेत अभाव भएको छ ।  कुटपिटमा संङ्लग्न भनिएका व्यक्ति ढुङ्गा गिट्टी व्यवसायी हुन् ।

     

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मजदुर
  • # कुटपिट
  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।