Logo

२०८३, कार्तिक १३गते


images
images

शिक्षा

राजर्षिजनक विश्वविद्यालयको सबै सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयको सबै सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा

images
  • राजर्षिजनक विश्वविद्यालयको सबै सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा
    images
    images

    धनुषा । राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। विश्वविद्यालयले प्रशासनिक, शैक्षिक तथा परीक्षा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ ।

    images
    images
    images

    विश्वविद्यालयले विद्यार्थीलाई अनलाइनबाटै सेवा उपलब्ध गराउने उद्देश्यले शैक्षिक, प्रशासनिक, परीक्षा र लेखासम्बन्धी कामलाई एकीकृत सञ्जालमा जोड्ने जनाएको छ । यसका साथै स्वास्थ्य विज्ञान सङ्कायको प्रभावकारी सञ्चालन, रोकिएका भौतिक पूर्वाधार निर्माण र प्रयोगशालालाई प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।

    images
    images
    images

    विश्वविद्यालयले मधेश प्रदेशको आवश्यकता र बजारको मागअनुसार पाठ्यक्रम परिमार्जन गरी दक्ष तथा नवप्रवर्तनशील जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । प्रशासनिक ढिलासुस्ती र बेथिति अन्त्य गर्दै कार्यशैलीलाई चुस्त बनाउने पनि विश्वविद्यालयले जनाएको छ ।

    images
    images
    images

    वार्षिकोत्सवमा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिन, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।