Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन

राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन

images
  • राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन
    images
    images

    काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

    images
    images
    images

    अर्यालका अनुसार शुक्रबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दल दर्ताको निवेदन दिएसँगै निवेदन दिने दलको संख्या १२ पुगेको हो । निवेदनहरुमाथि चाँडै जाँचबुझ गरिने आयोगले जनाएको छ । 

    images
    images
    images

    निवेदन दिनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् । 

    images
    images
    images

    आयोगले दर्ताका लागि मंसिर २४ गतेदेखि मंसिर २९ सम्मको समय दिएको थियो । १९ पदका लागि माघ ११  गते निर्वाचन हुँदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।