Logo

२०८३, आश्विन ९गते


images
images

एक्लिदै ओली, पार्टी र संसदमा बहुमत पुर्याउने कसरतमा नेपाल समूह 

एक्लिदै ओली, पार्टी र संसदमा बहुमत पुर्याउने कसरतमा नेपाल समूह 

images
  • एक्लिदै ओली, पार्टी र संसदमा बहुमत पुर्याउने कसरतमा नेपाल समूह 
    images
    images

    काठमाडौं । संविधान विपरीत अगाडि बढ्दा जवर्जस्ती सत्ताबाट फ्याकिएका पुर्वप्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली दिनप्रतिदिन एक्लिदै गएका छन् । सत्ताको शक्तिले केही मान्छे आफ्नो वरिपरि राख्न सफल हुँदै आएका एमाले अध्यक्ष ओलीलाई 'ओली बा' भनेर साथ दिदैं आएका नेता कार्यकर्ताहरू यतिबेला एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको पक्षमा लामबद्द हुने लहर नै चलेको छ । 

    images
    images
    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत मागेकै दिन संविधान र विधिको शासन जोगाउन भन्दै ९ जना ओली निकट सांसद नै माधव नेपालको पक्षमा लागेपछि देशभरीबाट ओलीलाई छाड्ने नेता कार्यकर्ताको संख्या वृद्धि हुँदै गएको र त्यो संख्यामा अझै वृद्धि हुन सक्ने ओली निकटकै नेताहरुले बताउन थालेका छन् । 

    images
    images
    images

    ओली पक्षमा रहेका एमाले सांसदहरु पार्वती विशंखे, हिराचन्द्र केसी, कृष्ण श्रेष्ठ (किसान), गोपाल बम, प्रेम आले, धनबहादुर बुढा, बिनादेवी बुढाथोकी, कलिला खातुन र समिना हुसेनले देउवालाई विश्वासको मत दिएका थिए । 

    images
    images
    images

    "अध्यक्ष ज्युले अलिकति अहंता र स्वेच्छाचारीता त देखाउनुभएकै हो तर पनि पार्टीको सरकार भनेर सकेसम्म छोप्ने प्रयत्न गरियो, न सरकार रह्यो, न पार्टी संग्लो रह्यो, तर अब पनि यहि अवस्थाबाट अघि बढ्ने हो भने काँध थापिरहन गाह्रो छ" - नाम उल्लेख नगर्ने सर्तमा एक ओली निकट एमाले नेताले भने । 

    आफ्नै अहंकार र स्वछ्वेचारिताकै कारण दुई तिहाईबाट अल्पमत हुँदै अबैधानिक घोषित भएर बालुवाटारबाट बाल्कोट पुर्याईएका ओलीको प्रतिरक्षा गर्ने नेताको खडेरी नै पर्न थालेको विश्लेषकहरु बताउँछन् ।  कतिसम्म भने कुनैबेला पार्टीमा अत्यन्तै कमजोर देखिएका माधवकुमार नेपाल अहिले बलियो हुँदै गएका छन् र  अवस्था यस्तै रहे निकट भविष्यमै एमालेभित्र माधव नेपाल पक्ष बहुमतमा पुग्ने चर्चा समेत राजनीतिक बृत्तमा हुन थालिसकेको छ । 

    सरकार गठन र एमाले–माओवादी एकतासँगै निकै शक्तिशाली देखिएका ओली अहिले किनारामा देखिएका छन् । अहिले ओलीसँग न तत्कालिन समयको पार्टी छ, न संसदमा बलियो उपस्थिति । ओली आफ्नै भनिएका सांसदको पनि समर्थन नपाउने स्थितिमा पुगेका छन् । अंकगणितमा तीन वर्षअगाडि झण्डै ६४ प्रतिशत जनमतको नेतृत्व गरेका ओली अहिले करिब ३० प्रतिशतमा खुम्चिएका छन् । उनको पक्षमा एमालेकै जम्मा ८३ सांसद देखिएका छन् । 

    घमण्ड र अहंकारले सिद्धिएकाे ओली इतिहास 

    ओली कमजोर बन्नुको पछाडि उनमा पलाएको घमण्ड र अहंकार बाहेक केहि होइन । पार्टीभित्र उनले चलाएको निरंकुशता र सत्तामा बसेर उनले गरेको राईँदाईँ सबैभन्दा घातक उनकै निम्ति बनेको छ । 

    ओलीले पार्टीभित्र न माओवादी पक्षलाई सहि व्यवस्थापन गर्न सके नत माधव पक्षलाई । उनले सबैमाथि सत्ताको बल प्रयोग गर्दै हानिरहे । ओलीको निरंकुशताका कारण नै तत्कालिन नेकपा विभाजित बनेको थियो । नेकपा खारेजपश्चात ब्यूँतिएको एमालेमा पनि उनले माधव पक्षमाथि उसैगरि निरंकुशताको डण्डा चलाएका थिए । जसको प्रतिफल ओली आफैंले भोगिरहेका छन् । 

    ओलीलाई एक पछि अर्को गर्दै सांसदहरु छाड्नु पनि उनिभित्रको चरम अहंकार नै हो । एमाले नेता योगेश भट्टराईका अनुसार पनि ओलीको अहंकार नतोडिने हो भने एमाले सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।