Logo

२०८३, श्रावण २७गते


images
images

बौद्ध इतिहास

प्राचीन कोलियका राजाहरू

प्राचीन कोलियका राजाहरू

images
  • प्राचीन कोलियका राजाहरू
    images
    images
    मानव समाजको प्राचीन अवस्थादेखि अठारौं शताब्दीसम्म रामग्राम, देवदह, पटना, कुमाउँ, गढवाल, गुजरात, पञ्जाव, महाराष्टको कोल्हापुर लगायतका स्थानहरूमा राज्य केन्द्र बनाएर कोली वंशका राजाहरूले राजकाज र शासन गरेको इतिहासमा उल्लेख छ । यिनै कोली राजाहरूलाई देवदहमा कोलिय भनिएको हो । 
     
    कोली, कोरी, मौर्य, मद्र, कुषाण, कलिङ, कुलिन्दा, कुल्लु सबै कोली नै हुन् भन्ने कुरा कन्हैलाल चञ्चरिकद्वारा लिखित कोली जातिका इतिहासमा उल्लेख गरिएको छ । ई.पूं. ५०० अघि वर्तमान नेपालको नवलपरासी र रूपन्देही जिल्लामा पर्ने रामग्राम र देवदहमा क्रमशः रामसिंह, कर्मसिंह, अञ्जन, शुप, डण्डपाणी, देवदत लगायतका कोली राजाहरूको शासन थियो । 
     
    बौद्धकालीन समयमा पूर्वमा गण्डकी नदी, पश्चिममा रोहिणी नदी, दक्षिणमा वर्तमान भारतको गोरखपुर र उत्तरमा हिमालसम्मको भूभागमा कोलिय शासन रहेको भारत तथा नेपालका प्राचीन इतिहास दर्शाउने पुस्तकहरूमा उल्लेख छ । बुद्धकालीन समयमा देवदहका राजाहरूमा प्रमुख रुपमा चर्चामा आएका राजाहरु अञ्जन, दण्डपाणि र सुप्रबुद्ध हुन् ।  
     
    क) महाराज अञ्जन 
     
    महाराज अञ्जन कोलिय गणराज्यको कोली महाराजा थिए । प्राचीन कोलिय गणराज्यको राजधानी देवदह थियो । महाराजा अञ्जन बौद्धकालीन भारतीय इतिहासमा यस्तो पहिलो शासक हो जसले आफ्नो राज्यमा सर्वप्रथम गणतन्त्रको स्थापना गरेका थिए । 
     
    यिनको विवाह शाक्य गणराज्यकी राजकुमारी सुलक्षणा र यशोधरासँग भएको थियो । जसका दुई छोरा सुप्रबुद्ध र दण्डपाणि तथा दुई छोरीहरू जेठी रूम्मान र कान्छी रूपन थिए । बौद्ध साहित्यमा रूम्मानलाई महामाया र रूपनलाई महाप्रजापति भनिन्छ । शुद्धोदनको पहिलो विवाह रूम्मानसँग भएको थियो । उनको मृत्युपछि शुद्धोदनले सुकिति (सिद्धार्थ गौतमलाई) हुर्काउन रूम्मानकी कान्छी बहिनी रूपनसँग विवाह गरेका थिए । रूम्मान सिद्धार्थ गौतमकी आमा र रूपन उनकी सानीआमा थिइन् । बौद्ध परम्परामा यिनै दुई रूम्मान र रूपनलाई देई अर्थात देवीको रूपमा हेरिन्थ्यो । पछि रूम्मानदेई, रूपनदेई अपभ्रंश हुँदै रूपन्देही भएको पाइन्छ ।
     
    ख) राजा दण्डपाणि 
     
    राजा दण्डपाणिको जन्म शाक्य जनपथको देवदह नगरमा भएको थियो । देवदहका राजा दण्डपाणिका दुई बहिनीहरू महामाया देवी र प्रजापति गौतमी हुन् । बुढो भएकाले होइन कि सधैं हातमा लौरो लिइराख्ने भएको हुँदा यिनलाई राजा ‘दण्डपाणि’ भनिएको हो । 
     
    एक दिन दण्डपाणि राजाले कपिलवस्तुको महावनमा बुद्ध भगवानसँग भेट्दा उहाँसँग प्रश्न सोधका थिए । भगवानले दिनु भएको उत्तर बुझ्नै नसकी टाउँको हल्लाउँदै उनी फर्केर गए । मज्झिमनिकायामा उल्ेख भएअनुसार, देवदत्त भिक्षुले चुक्ली लगाई दण्डपाणि राजाको चित्त बुद्धबाट फटालेका थिए । त्यसकारण राजा दण्डपाणि देवदत्तकै पक्षपाती भएका हुन् । राजा दण्डपाणि भगवान बुद्धका मामा थिए । पछि सुप्रबुद्धकी छोरी यशोधराको विवाह गौतम बुद्धसँग भएपछि यिनी भगवान बुद्धको मामाससुरा हुन पुगे ।
     
    ग) राजा सुप्रबुद्ध 
     
    देवदहका अर्का राजा सुप्रबुद्ध शाक्य दण्डपाणिका भाइ हुन् । सुप्रबुद्धका छोरा र छोरी क्रमशः देवदत्त र यशोधरा देवी हुन् । सुप्रबुद्ध पनि कोलिय गणराज्यको महाराजा थिए । महावंश वंशावली र थेरवाद टीका परम्परा अनुसार सुप्रबुद्ध बुद्धको मामा र ससुरा थिए । 
     
    भगवान बुद्धको पिता सुद्धोधनको बहिनी पमिताको बिबाह महाराजा दण्डपाणिसँग भएको थियो । यसकारणले गर्दा अधिकांश शाक्य र कोलियहरूको नाता जेलिएको थियो । यिनलाई महासुप्रबुद्ध पनि भनिन्थ्यो । महांवशका अनुसार सुप्रबुद्ध महाराज अञ्जन र उनकी पत्नी यशोधराको पुत्र थिए । यिनको पत्नीको नाम अमिता थियो । 
     
    सुप्रबुद्ध र अमिताबाट सिद्धार्थ पत्नी यशोधरा र देवदत्तको जन्म भएको थियो । देवदत्त सुप्रबुद्धका छोरा थिए । देवदत्त भगवान गौतम बुद्धको समकालीन थिए । यिनी बुद्धबाट प्रवजित भइ भिक्षु संघमा समावेश भएका थिए । शुरुमा बौद्धधर्मप्रति यिनको ठूलो आस्था थियो । छाटो अबधिमै यिनको गणना बुद्धको प्रमुख शिष्यहरूमध्ये भएको थियो । तर पछि गएर देवदत्त बुद्धको प्रतिद्वन्द्वी भए । देवदत्तले अजातशत्रुसँग मिलेर बुद्धलाई मार्ने सडयन्त्र गरे । यिनले भिक्षु संघमा पनि भेद सिर्जना गरी आफ्नो समर्थनमा रहेका ५०० जना भिक्षुहरूलाई एकत्रित गरि नयाँ भिक्षु संघको स्थापना गरे यद्यपि बुद्धशिष्य मोग्गलानले देवदत्तले निर्माण गरेको संघको विघठन गरिदिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।