देवदह । सेतोमसी मिडिया नेटवर्क प्रालिको प्रमुख कार्यकारी अधिकृतमा प्रमोद खनाल नियुक्त भएका छन् । मंगलवार एक कार्यक्रमसंगै खनालले सिइओको जिम्मेवारी ग्रहण गरेको मिडिया हाउसले जनाएको छ ।
मार्केटिङ्ग र फाइनान्स विषयमा स्नातकोत्तर गरेका खनाल यस अघि हिमगंगा अटोमोबाइल्सको सामे डचफारमा प्रवन्ध निर्देशकको रूपमा कार्यरत थिए । उनी पल्लवी बचत तथा ऋण सहकारी संस्थाको निवर्तमान अध्यक्ष समेत हुन् ।
सेतोमसीको सिइओको जिम्मेवारी सम्हाल्दै खनालले मिडिया उद्योगको मार्केटिङ्ग र व्यवस्थापन अहिलेको अवस्थामा चुनौतीपूर्ण रहेको भएपनि राज्यको चौथो अंगलाई बचाइराख्न व्यवस्थापनको पाटो महत्वपूर्ण हुने बताए । 'सबै पत्रकार हुने र सबै व्यवस्थापक हुने प्रवृत्तिको अन्त्य गरेमात्र मिडिया उद्योग आर्थिक रुपमा थप व्यवस्थित हुन सक्छ' उनले भने ।
खनालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएसंगै सेतोमसी मिडिया नेटवर्क प्रालिको व्यवस्थापन थप सुदृढ हुने विश्वास लिइएको सेतोमसीका सम्पादक विष्णु पोखरेलले बताए । 'सेतोमसीको टिममा उहाँलाई स्वागत गरेका छौं ।' सम्पादक पोखरेलले भने, 'मिडिया व्यवस्थापनमा व्यवस्थापन विषयका विज्ञहरू नै आउनुपर्छ भन्ने लागेर उहाँ टिममा जोडिनु भएको हो ।'
मिडियामा एउटै व्यक्ति व्यवस्थापक, सम्पादकदेखि संवाददातासम्म हुने विषयले मिडिया उद्योग फस्ट्याउन सक्दैन भन्ने निष्कर्षसहित स्वतन्त्र ढंगले काम गर्ने गरी कार्यकारी प्रमुख नियुक्त गरिएको सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेलले बताए । 'मिडिया उद्योग अन्य उद्योगभन्दा जिम्मेवार, सक्षम र व्यवस्थित हुनुपर्छ । त्यसको लागि व्यवस्थापन चुस्त हुन जरुरी छ' कार्यकारी सम्पादक पौडेलले भने ।
२०७७ सालदेखि संचालनमा आएको सेतोमसी मिडिया नेटवर्क प्रालिले डिजिटल मिडिया सेतोमसी डटकम संचालन गर्दै आएको छ । सेतोमसीले १२ वटा नियमित स्तम्भसहित नियमित समाचार प्रकाशन गर्दै आएको छ ।
सेतोमसीले अनलाइन टेलिभिजनसमेत संचालन गर्ने योजना बनाएको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology