Logo

२०८३, श्रावण २७गते


images
images

सेतोमसीको स्थानीय तह विशेषाङ्क विमोचन, विक्रीको १५ प्रतिशत सामाजिक क्षेत्रमा खर्चिने

सेतोमसीको स्थानीय तह विशेषाङ्क विमोचन, विक्रीको १५ प्रतिशत सामाजिक क्षेत्रमा खर्चिने

images
  • सेतोमसी सहकर्मी
  • सेतोमसीको स्थानीय तह विशेषाङ्क विमोचन, विक्रीको १५ प्रतिशत सामाजिक क्षेत्रमा खर्चिने
    images
    images

    देवदह । लुम्बिनी प्रदेशबाट प्रकाशित डिजिटल पत्रिका सेतोमसी डटकमले प्रकाशन गरेको सेतोमसी स्थानीय तह विशेषाङ्क (देवदह विशेष) को विमोचन गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर खैरेनीस्थित पाठक फुडल्याण्डमा देवदह नगरपालिकाका कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङले बुलेटिनको विमोचन गरिन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै  कार्यवाहक नगरप्रमुख गुरुङले नगरपालिकाले नीति तथा कार्यक्रममा सुधार गर्दै गएको बताइन् । लेख तथा रचना मार्फत सेतोमसी स्थानीय तह विशेषाङ्कमा उठेका विषय र सुझाबहरूलाई आत्मसाथ गर्दै जाने उल्लेख गर्दै उनले टुक्रे योजनामा बजेट विनियोजन नगर्ने नीति नगरपालिकाले लिएको जिकिर गरिन् । नगर सरकारले स्थानीय संचार माध्यम र संचारकर्मीलाई प्राथमिकता दिने विचार व्यक्त गर्दै  प्रमुख गुरुङले नगरपालिका संचारमैत्री हुने कुरामा प्रतिवद्ध रहेको बताइन् । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगर प्रवक्ता तथा वडा नं ८ का वडा अध्यक्ष गणेश डुम्रेले संचारको क्षेत्रमा नगरपालिकाले अपेक्षित कार्य सम्पादन गर्न नसकेको बताए । नगरपालिकाले नीति तथा कार्यक्रम तय गर्दा हुने अफ्ठ्याराबारे उल्लेख गर्दै प्रवक्ता डुम्रेले प्राप्त सुझाबहरू आत्मसाथ गर्दै अघि बढ्ने बताए । सुशासन, विकास अर समृद्धिकालागि सबैले सकारात्मक पहल लिने र परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने उनको भनाइ छ । 

    images
    images
    images

    विशेषाङ्क प्रकाशनको औचित्यबारे प्रष्ट पार्दै पत्रिकाका सम्पादक विष्णु पोखरेलले स्थानीय तहले निर्माण गर्ने नीति तथा कार्यक्रम दुरगामी दृष्टिकोण सहित तय गरिनुपर्ने बताए । टुक्रे योजनामा बजेट विनियोजन गर्ने र प्रभावकारी अनुगमन नहुने समस्या पालिकामा रहेको जिकिर गर्दै सम्पादक पोखरेलले विशेषाङ्कमा नगरपालिकाको गत तीन वर्षको नीति तथा कार्यक्रमका सवल र दुर्वल पक्षबारे तथ्यांक सहित प्रस्तुत गरिएको बताए । पुस्तक विक्रीबाट प्राप्त हुने रकमको १५ प्रतिशत सामाजिक उत्तरदायित्व अन्तरगत आवश्यक क्षेत्रमा खर्च गरिने समेत उनले घोषणा गरे । 

    सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेलको संचालन रहेको कार्यक्रममा नाग्ररिक समाजका अध्यक्ष कृष्ण प्रसाद पौडेल,  राजनीतिक दलका नगर अध्यक्षहरू, देवदह सपताहिकका सम्पादक राम बहादुर गुरुङ, रेडियो देवदहका अध्यक्ष झबिन्द्र पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य टंक सुनार, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारी लगायतले बोलेका थिए । 

    विशेषाङ्कमा कृषि, शिक्षा, पर्यटन, सामाजिक विकास, उद्यमशीलता लगायतका विषयमा १९ जना लेखकहरूको लेख तथा रचना समावेश छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेतोमसी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।