रमेश बहादुर सिंह, बझाङ। यो बर्ष हिउँदे वर्षा नभएपछि बझाङमा यस वर्ष हिउँदे बाली सुक्न थालेको छ। असोजदेखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो।
खडेरीका कारण लगाइएको गहुँ जौँ लगाएतका बाली सुक्न थालेपछि कृषक चिन्तित भएका छन्।
लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जौँ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको जिल्ला कृषि ज्ञान केन्द्र बझाङ ले जनाको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका–१ का किसान बिर्ख सिंहले बताए।
आकासे पानीको भरमा खेती गरिने जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो अधिकांश बाली सुक्न थालेका छन्। जिल्लामा एघार हजार चार सय हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ७ हजार ६सय जमिनमा मात्रै सिँचाइको सुविधा रहेको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले बताए।
सिँचाइको सुविधा नभएको उक्त क्षेत्रमा हिउँदे बाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको बित्थडचिर गाउँपालिका –९ का अर्का किसान कुबेर जोशीले जानकारी दिए। जिल्लाका अन्य क्षेत्रमा बाली सुक्न थालेको किसानले बताएका छन्।
कतिपय ठाउँमा सिँचाइका लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ। खेतीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन्।
यस वर्ष बझाङमा १५देखि २५ प्रतिशत गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र बझाङ ले बताइएको छ। यो बर्ष मात्र ५० प्रतिशत अनुदानमा ६०क्विटल जति उन्नत प्रजनन् जातको गहुँ मात्र यो बर्ष कूषकलाई बितरण गरिएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology