रामचन्द्र तिम्सिना, काठमाडौं । यतिबेला काठमाडौं लगायत देशभर वर्षा भैरहेको छ । हिउँदे वर्षासंगै उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्दा जाडो निकै बढेको छ ।
देशका अधिकांश स्थानमा आज विहान करिब १ बजे रातीदेखि नै पानी परिरहेको छ । पानी परेसँगै चिसो बढेकोले जनजीवन प्रभावित भएको छ । चिसो बढेसँगै बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा कमि आएको छ ।
काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्ष पहिलो पटक हिमपात भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली रहने तथा हिमपात र पानी पर्ने सम्भावना रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology